गुल्मी बन्द १५ औं दिन पनि ठप्प, जनजिवन कष्टकर

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २९ । लगातारको बन्दले गुल्मीको जनजिवन कष्टकर बनेको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १५ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । लगातारको बन्दले सर्बसाधारणको दैनिक कष्टकर बन्दै गएको छ ।

बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सार, सिमलटारीका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।

संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा बुधवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत महिलाहरुको नेतृत्वमा,उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ, लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारीलाई रोक लगाउँदै आएका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।

Comments

comments

Comments are closed.