गुल्मी परिचय

भौगोलिक:
गुल्मी जिल्लाको नक्सा
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । २७.५५ۛ अक्षांस देखि २८.२७ۛ उत्तरी अक्षांश र ८३.१३ۛ पूर्व देखि ८३.३५ۛ पूर्वि देशान्तर विच पर्ने यो एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा स्याङ्जा र पाल्पा पश्चिममा प्यूठान उत्तरमा बाग्लुङ, पर्वत र दक्षिणमा अर्घाखाँची जिल्ला पर्दछन् । यस जिल्लाको क्षेत्रफल ११४९०० हेक्टर (११४९ वर्ग कि.मी) छ र यो जिल्ला समुद्र सतहदेखि ४६५ मि. (रिडी) देखि २६९० मि. (थाप्ले लेक) सम्म उचाई रहेको छ । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रुपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरुमा कच्ची मोटरबाटोबाट यातायात संचालन भै रहेको छ ।
प्राकृतिक:
गुल्मी जिल्ला थुप्रै प्राकृतिक अद्दभुद सुन्दरता बोकेको जिल्ला हो । हराभरा पहाड हुन वा समथर बेशी, पहाडका टाकुराहरुबाट छङ्छङ गर्दै झर्ने झरना, बेशिका फाँटहरुमा हरियाली सिँचाउदै बग्ने सालीन बडिगाड, त्यसैगरी   राष्ट्रकै केही महत्वपूर्ण एतिहासिक एंव पुरातात्विक स्थल तथा संरचनाहरुलाई शिर र काखमा राखेर बसेको छ  गुल्मी जिल्ला ।  करीब ३,४०० हेक्टरमा फैलिएको रेसुङ्गा जङ्गलै जङगलले ढाकिएको छ । 
गुल्मीका पहाडहरु हराभरा जंगलले ढाकिएका छन भने बेशी अर्थात समथर भाग खेतिपाती र आवाधी गरिदै आएको छ । गुल्मी जिल्लामा रेसुङ्गाको लेक, थाप्लेको लेक, मदानेको लेक, लुम्पेकको लेक, वामिको लेक, अग्लुङ को लेक, पौँदिको लेक, रानीबन, सिद्दबाबाको डाँडा (रुपाकोट) जस्ता अग्ला अग्ला पहाडहरु रहेका छन । गुल्मीमा बग्ने नदी नालाहरुले पनि जिल्लालाई सिगाँर्ने काममा थप सहयोग गरेका छन । 
प्रशस्त मात्रामा सालीग्राम पाइने हुनाले मानिसहरुले यसलाई सालीग्राम नदिको नामले पनि पुकार्दछन । यस नदिलाई एक तिर्थस्थलको रुपमा पनि लिने गरिन्छ । यहाँ स्नान गरेमा पुण्य प्राप्त हुन्छ भने धार्मिक जनबिश्वास पनि रहिआएको छ । त्यस्तै जिल्लाकै मध्यभाग भई बग्ने अर्को नदी हो बडिगाड । यसलाई रुद्रावती नदिको नामले पनि चिनिन्छ । बाग्लुङ जिल्लाको रुद्रताल मुहान भएको यो नदी दरम खोला, हुग्दिखोला लगायत अन्य थुप्रै खोलाहरुलाई साथ लिएर रुद्राबेणीमा आई कालिगण्डकीमा मिल्दछ । त्यस्तै दरम खोला, रिडी खोला, छल्दी खोला, हुग्दी खोला, निस्ती खोला एंव पनाहा खोला गुल्मी जिल्लामा रहेका केही ठुला नदिहरु हुन । 
प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रेसुङ्गा हो । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजिकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, निल्गिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्।
धार्मिक:
रेसुङ्गा क्षेत्र: 
फोटो सभार: फलानो डट कम
स्वामी शशीधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभुमी रेसुङ्गा क्षेत्रमा प्रशस्त धार्मिक मठ तथा समाधिहरु, पोखरी-कुण्ड तथा गौशाला रहेका छन । प्यागोडा शैलिमा निर्मित तामाको छाना र सुनको गजुर रहेको यज्ञशाला पनि त्यहीँ रहेको छ । यज्ञशाला भित्र रहेको होम कुण्ड, शिवलिङ्ग र यसको वरिपरी रहेका धर्मशालाहरु दर्शनिय छन । साउन, माघ वा वैशाखमा यहाँ बिशेष मेला लाग्छ । रेसुङ्गा पोखरीमा सबै तीर्थस्थलको जल मिसाएकाले यहाँ नुहाए सबै तीर्थको पुण्य प्राप्त हुने विश्वास गरिन्छ। सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्वलाई बढाएका छन्।
फोटो सभार: फलानो डट कम
रुरु क्षेत्र: बराह पुराणमा उल्लेखित नेपालका ४ धाम मध्यको एक पबित्र धाम रुरु धाम अर्थात रुरु क्षेत्रको आफ्नै धार्मीक महत्व रहेको छ । धार्मिक दृष्टिले नेपालका बराहक्षेत्र र मुक्तिक्षेत्रको समकक्षमा आउने रूरूक्षेत्रमा सानातिना पूजाआजा र मेला पर्व, जात्राका अलावा हरिशयनी एकादशी र माघे सक्रान्तीमा ठुलो मेला लाग्ने गर्दछ । यस मेलामा देशका बिभिन्न क्षेत्रहरुका अलवा भारतबाट पनि असङ्ख्य तिर्थालु भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।
 ॠषिकेश, भृगुतुङ्गेश्वर, रुरु कन्या मन्दिर, शिवालय, गल्फु ओडार, अचम्मेश्वर गुफा, आनन्दकुटी गुफा, तालदोभान गुफा, हनुमान गुफा लगायत ४० भन्दा बढी मन्दिरहरु रहेका छन । त्यसैगरी रिडी देखी करिब १ घण्टाको पैदाल दुरिमा रहेको रुद्राबेणी स्थित राम मन्दिर पनि जिल्लाकै एक प्रमुख धार्मिक आकर्षणको केन्द्र हो ।
मालिका मन्दिर: कुर्घामा अवस्थित मालिका बहिरी देबिको रुपमा प्रख्यात मानिन्छ । यहाँ रहेकी देबी बहिरी छिन त्यसैले चिच्याएर बर मागे मात्र देबिले सुन्छिन र मागेको बर प्राप्त हुन्छ भन्ने जनबिश्वास रहिआएको छ । टाढा टाढाबाट भाकल गरेर यहाँ पञ्चाबली ल्याइन्छ । यहाँ पहराको बिचबाट बग्ने पानीको धारा थप आकर्षणको रुपमा रहेको छ ।
दिब्रुङ: 
दिब्रुङ जिल्लाकै उच्च पहाडी क्षेत्रमा अवस्थित स्थान हो । यो क्षेत्र प्रशिद्द धार्मिक स्थलको रुपले चिनिएकोले यहाँ टाढा-टाढाबाट तिर्थालुहरु आउने गर्द छन । बार्है महिना पानी रहीरहने यहाँको कुवा अर्को आकर्षण हो । १००८ स्वामी स्वर्गिय परमानन्द गुरुको तपस्या स्थल दिब्रुङमा हाल मन्दिरहरु र उँहाको प्रतिमा स्थापना गरिएको छ । यहाँबाट देबघाट हुँदै पशुपती पुगेर देह त्याग गर्नुभएका स्वामी परमानन्दको नामबाट पनि यस क्षेत्रलाई पवित्र भुमी मानिन्छ ।
सालीमे क्षेत्र: 
त्यस्तै गुल्मी जिल्लाको उच्च भुमिमा अवस्थित सालीमे दह पनि प्राकृतिक सौन्दर्यका अलावा धार्मिक पावन भुमिको रुपमा चर्चित छ । चारैतिर घना जङ्गलले घेरिएको यस स्थानमा भक्तिनिहरुले तपस्यास्थल बनाउदै आएका छन । यस स्थानमा स्वामी १००८ स्वर्गिय परमानन्द गुरुले मन्दिर बनाउनुभएको छ ।
त्यस्तै आँपचौरको कोटेश्वर मन्दिर, तम्घासको राम मन्दिर, खानिगाँउ स्थित भगवती मन्दिर, ठुलोलुम्पेकको सत्यवती तथा मर्भुङको मालिका मन्दिरहरु पनि जिल्लामा रहेका प्रमुख मन्दिरहरु हुन ।
एतिहासिक:
गुल्मीको जिउँदो ईतिहास बोकेका एतिहासिक धरोहर मध्य गुल्मी चारपाला, इश्माकोट, धुर्कोट, मुसिकोट, चन्द्रकोट ।
इश्मा राज्य बर्तमान एकिक्रित नेपाल पूर्वको चौबिसे राज्य हो । सुरुमा अर्ज्याल ब्राह्मणहरुको राज्य इश्मामा पछी ठकुरीहरुलाई राज्य गर्न दीईएको कुरा ईतिहासमा उल्लेख गरेको पाईन्छ ।
धुर्कोट: गण्डकी प्रदेशका चौबिसे राज्य समुह मध्यको धुर्कोट राज्य एक प्रख्यात राज्य मानिन्थ्यो । चौबिसे राजाको पालाको कोटघर, मौलो, देबिस्थान र प्राचिन घण्ट अहिले पनि धुर्कोट दरबारमा देख्न सकिन्छ । ध्रुकोट मौलामा छत्र देवता र खड्ग देवताको पूजा गर्ने प्रचलन अझ पनि कायमै छ ।
एतिहासिक चारपाला दरबार
मुसिकोट: मुसिकोट पनि गण्डकी प्रदेशका चौबिसे राज्य समुह मध्यको एक महत्वपूर्ण राज्य मानिन्थ्यो । टाकुरामा अवस्थित यस राज्यमा सिंह ठकुरी राजाहरुले राज्य गर्दथे । प्रचलन अनुसार सिंह ठकुरी राजाहरुले स्थापना गरेको खड्ग देवीको मन्दिर अहिले पनि छ जसलाई दरबारकोट भनिन्छ ।
चन्द्रकोट: एतिहासिक कालमा चन्द्रकोट ज्यादै महत्वपूर्ण दरबार मानिन्थ्यो ।
गुल्मी जिल्लालाई एतिहासिक धरोहरका रुपमा रहेका त्यहाँका दरबारहरु, गुफाहरु र मन्दिरहरुले चिनाउने काम गरेका छन । यसमध्य धुर्कोटको बिचित्रको गुफा पनि एक हो । यो गुफा सदरमुकाम तम्घासबाट पश्चिम कारीब चार कोषको दुरिमा रहेको छ । प्रकृतिको अद्भुत उपहारको रुपमा रहेको यो गुफा कारीब ११३ मिटर लामो छ । २०४४ साज जेठ २७ गते पत्ता लागेको थियो । हाल त्यहा दैनिक रुपमा पूजा आजा गर्ने गरिन्छ ।
चारपाला: गुल्मी चारपाला एतिहासिक तथा पुरातात्विक दृष्टिकोणका अलावा धार्मिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले यो एउटा स्वतन्त्र राज्य थियो जुन गुल्मी राज्य नामले चिनिन्थ्यो । वीर शाही यहाँका पहिला राजा थिए । हाल इश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालामा बर्षको दुई पटक पूजा आजा गर्ने, पञ्चवली ल्याउने र सरांयँ नाच्ने गरिन्छ ।
आर्थिक: 
जदिबुटिका  लागि पनि उत्तिकै प्रख्यात छन । यहाँ पाइने जडिबुटिहरुको सही सदुपयोग गर्न सके गुल्मीका अलावा सिङ्गो देशलाई नै फाईदा पुग्न सक्ने कुरालाई नकार्न सकिन्न । धान, मकै, कोदो, गहु, तोरी, भटमास, फापर, कफी, अदुवा आदी बालिहरु प्रमुख बाली रहेका छन । नगदेबालिको रुपमा ख्याती कमाउन सफल कफी खेती यस जिल्लाको एक प्रमुख खेती मानिन्छ । उन्नत जातको कफी उत्पादनले यस् जिल्लालाई नेपालमै पहिलो कफी उत्पादन गर्ने जिल्लाको रुपमा पारीचित बनाएको छ । कफी उत्पादनको लागि आँपचौर र थानापती प्रमुख स्थान हुन । यहाँ उत्पादित अर्गानिक कफी जापान, बेलायत लगायत थुप्रै यूरोपली मुलुकहरुमा निर्यात गरिदै आएको छ । गुल्मी जिल्लाको ईतिहास कोट्याएर हेर्ने हो भने यो जिल्ला खानि क्षेत्रको नामले पनि प्रसिद्द छ । तामा, फलाम लगायत थुप्रै खानि पदार्थका खानिहरु पत्ता लगाइएका प्रमाणहरु पनि प्रशस्त मात्रामा भेटिन्छन् । तम्घास, रिडी, खैरेनी, वामी, मजुवा, सिमल्टारी, शान्तिपुर आदी जिल्लाका प्रमुख ब्यापारइक केन्द्रहरु हुन ।
सामाजिक: 
नेपालबाटै लोप हुने अवस्थामा रहेको खड्ग जुधाउने परम्परा, पञ्चवली प्रथा र सरायँ नाच गुल्मीमा भने अझै पनि लोकप्रिय छ । गुल्मीका धुर्कोट, अर्जै, दिगाम, चारपाला, जुनियाँ, घमिर, इश्मा, चोयँगा आदी ठाउँहरु सराँय नाचका लागि प्रख्यात मानिन्छन । बिभिन्न जात जातिहरुको समिश्रण रहेको यस जिल्लामा जनजातिहरुको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन । लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरुलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ । यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरिबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरु अगाडि बढाउन लागिरहेको छ ।
गुल्मी जिल्लाबाट सन्चालित रेडियोहरु:
रेडियो रेसुङ्गा १०६.२ मे.ह
रेडियो स्काई ८८.४ ९४.४ मे.ह
रेडियो गुल्मी ९१.२ मे.ह
रुरु एफ.एम ९४.४ मे.ह
गुल्मी जिल्लामा रहेका संघसँस्था र कार्यालयहरु अनी विश्व भरी छरिएर रहनुभएका गुल्मेलीहरुको संपर्क ठेगाना तथा फोन नम्बरको लागि यहाँ क्लिक गर्नुहोला । 

 

setPostViews(get_the_ID());