गुल्मी न्युजडकम समाचार प्रभावः वर्खास्त गरिएकी शिक्षिकाले न्याय पाईन्

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख २५ । सरकारबाट पाउँने पुरै तलव पाउँ भनि जिल्ला शिक्षा कार्यालयमा उजुरी दिन साथ विद्यालयले जागिर नै चट पारी दिएको गुल्मीकी एक शिक्षिकाको समाचार यस गुल्मी न्युज डटकममा प्रकाशित र ओझेलका खवरमा प्रशारण भएको हप्ता दिन नवित्दै उनले न्याय पाएकी छन् । नियम विपरित वर्खास्त गरिएको उनको जागिर बचेको छ ।

ईस्मा गाउँपालिका अन्तरगत साविकको अमरपुर–७ मा रहेको गोविन्द रत्न लोकतान्त्रिक निम्न माध्यामिक विद्यालयकी शिक्षिका विमला भुसाललाई उनले पाउने तलवको आधा भन्दा बढि रकम त्यस विद्यालयले राखेर शोषण गरेको र उनले पुरै तलव पाउँ भन्ने उजुरी दिए पछि जागिरबाटै बर्खास्त गरी दिएको खवर वाहिर ल्याईएको थियो ।

gulmi news banner२०७१ मंसिर १८ गते प्रावि तह करार सेवामा नियुक्ति भएकी शिक्षिका भुसालको सरकारी तलव स्केल मासिक १८ हजार थियो एक हजार भत्ता सहित । २०७३ सालमा आएर मासिक२३ हजार बृद्धि भयो । तर त्यस बिद्यालयले शिक्षिका भुसाललाई प्रत्येक महिना पुरै तलव बुझेको भर्पाईमा हस्ताक्षर गराउन लगाउँदै ८ हजार मात्रै दिएर बाँकी रकम विद्यालयले राख्दै आएको प्रधानध्यापक तिलबहादुर केसी स्वयमले स्वीकार गर्दै आएका छन् ।
दुई वर्ष सम्म प्रत्येक महिना १० हजार ७ सय ३० रुपयाँका दरले २ लाख भन्दा बढि रकम विद्यालयलाई सहयोगका नाममा दिदा पनि उसले सधैका लागि मासिक ८ हजार भन्दा बढि दिन अस्वीकार गरेको थियो । त्यस विद्यालय संग धेरै पटक पुरै तलव दिन आग्राह गर्दा पनि सुनुवाई नभए पछि शिक्षिका भुसाल पुरै तलव पाउँ भनि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन आए पछि रिसले चुर भएको विद्यालय व्यवस्थापन समितिले गत कार्तिक २८ गते उनलाई वर्खास्त गरेको थियो ।
तत्काल जिल्ला शिक्षा कार्यालयले नियमविपरित गरिएको उनको वर्खास्ती सच्चाएर हाँजिर गराउन पत्र पठाए पनि उसले हाँजिर गराउन अटेरी गर्दै आएको थियो । शिक्षिका भने नियमित विद्यालय जान छाडिनन् । कहिले काँही त कक्षा कोठा मै छिर्न नदिएर उनले चौरमा बसेर बिद्यालय समय तनावमा कटाउनु परेको थियो ।
२०६५ साल देखि मासिक जम्मा १५ सय तलवमा निजी श्रोतमा बढाउँदै आएकी उनलाई हिजो त्यति तलव पनि काफी ठानेकीलाई अहिले ८ हजारले पनि पुगेन ? बस्ने भए त्यही तलवमा बस्ने नत्र निक्लीने जस्ता टर्रा बचनहरु लगाउने , उनले पढाएर कक्षा कोठाबाट निस्के पछि फेरी त्यही विषय पढाउनका लागि प्र.अ.ले अर्को शिक्षक खटाउने जस्ता कुराहरुले उनलाई हरवखत तनाव दिएर मानसिक सन्तुलन समेत गुमाई दिने हुन कि भन्ने चिन्ता उनका परिवारमा बढेको थियो ।
अन्ततः शिक्षिका भुसाल त्यस विरुद्ध जिल्ला शिक्षा कार्यालयमा उजुरी र सञ्चार माध्यमद्धारा आफुले भोग्दै आएको शोषण दमनको विष्फोट गरेकी थिईन् । समाचार आए लगत्तै जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले शिक्षिकालाई गरिएको वर्खास्तको निर्णय नसच्चाए विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकलाई निलम्वन गर्ने सम्मको चेतावानी दिएका थिए ।
चेतावानी दिए लगत्तै आईतवार त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपल केसी प्रधानध्यापक तिलबहादुर केसी लगायतको टोली जिल्ला शिक्षा कार्यालयमा आएका थिए । शिक्षकाको न्यायका पक्षमा उभिएको नेपाली कांग्रेस अमरपुर गाउँ कार्य समिति, नेपाल शिक्षक संघ , जिल्ला शिक्षा अधिकारी लगायतका सरोकारवाला बसेर शिक्षिका भुसाललाई गरिएको वर्खास्त सच्चाउन त्यस विद्यालय सहमत भएको थियो ।
जिल्ला शिक्षा अधिकारी खनालका अनुसार लामो छलफल पछि मात्र त्यस विद्यालयले गरेको वर्खास्ती सच्चाउन तयार भएको थियो । जागिर बचे लगत्तै त्यस विद्यालयबाट सरुवा गराई शिक्षिका भुसाललाई हिजैका मिति देखि जिल्ला शिक्षा कार्यालयको अगुवा श्रोत केन्द्रकमा हाँजिर गराईएको छ । निर्वाचनको अवधीभर सरुवा गर्न नमिल्ने भएकोले निर्वाचन नसकिए सम्म अगुवा श्रोत केन्द्रमा हाँजिर गराईएको जिल्ला शिक्षा अधिकारी खनालले बताए ।
उनलाई अन्यत्र समेत जागिर खानााट बञ्चीत गराउने प्रयासका साथ कार्तिक महिनाबाट यताको सेवा प्रमाणीत गरी दिन समेत नमानेको त्यस विद्यालयले अहिले आएर हिजोको मिति सम्मकै सेवा प्रमणीत गरी दिएको छ । यसबाट उनलाई आन्तरिक प्रतिष्पर्धा गर्न समेत बाटो खुलेको छ ।
यसरी दविएको घटनालाई उठान गरेर शिक्षिका भुसाललाई न्याय दिलाउन सघाउ पुराएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समतिकै तर्फबाट जिल्ला सदस्य तथा अमरपुर गाउँ सभापति रेशम कुँवरले गुल्मी न्युजडटकम र ओझेलका खवर युनिटलाई धन्यबाद दिए । उनले जिल्ला शिक्षा अधिकारी खनाल, शिक्षक संघका अध्यक्ष प्रेमनारायण भण्डारी त्यस विद्यालयलाई समेत धन्यबाद दिए ।
जिल्ला शिक्षा अधिकारी खनालले पनि यो सञ्चार माध्यमले यस्तो विषय उठान गरेर अन्यायमा परेकी शिक्षिका भुसाललाई न्याय दिलाउन सहयोग गरेको भन्दै धन्यबाद दिए । त्यस्तै न्याय पाएर हषर््िात मुद्रमा रहेकी शिक्षिका भुसालले यो मिडियाले लगाएको गुन कहिल्लै तिर्न नसक्ने प्रतिकृया दिईन ।
उनले भावुक हुँदै भनिन्–‘मेरो त अन्य विद्यालयको भविश्य समेत खोस्न खोजेको थियो त्यस विद्यालयले तर जिल्ला शिक्षा कार्यालय र तपाईहरुले मेरो भविश्य सुनिश्चीत गरी दिनु भयो, यो गुन मैले कहिल्लै तिर्न सक्ने छैन् ।’
उनि मात्र होईन जिल्ला शिक्षा कार्यालयको यो निर्णय पछि न्याय प्रेमी अमरपुरवासी समेत हर्षित भएका छन् । उनि अमरपुर स्थित गरिव व्राम्हण परिवारकी छोरी हुन । क्याम्पस पढ्ने खर्च जुटाउन मुस्कील परे पछि उनि २०६५ सालमा त्यस विद्यालयमा मासिक १५ सय तलवमा पढाउन थालेकी थिईन् ।

Comments

comments

Comments are closed.