गुल्मी देखि भोजपुरसम्म, यी हुन् अहिलेसम्म विदेशी लगानी नपाएका १२ जिल्ला

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालमा औपचारिक रुपमा विदेशी लगानी दर्ता भएको ४० वर्ष पुरा भएको छ । उद्योग विभागको तथ्यांक अनुसार २०३३ सालमा भारतीय लगानीमा दर्ता भएको हिमालयन ब्रुअरीबाट नेपालमा विदेशी लगानीसहितको उद्योग भित्रिएको पाइन्छ ।

यसबीचमा ८९ वटा देशबाट नेपालले त्यस्तो प्रतिबद्धता प्राप्त गरेको छ । चार दशको विदेशी लगानीको इतिहासमा नेपालमा १२ वटा त्यस्ता जिल्ला छन्, जसले अहिलेसम्म विदेशी लगानी प्राप्त गर्न सकेका छैनन् ।

संयोग कस्तो भने यी सबै जिल्ला पहाडमा पर्छन । विभागको तथ्यांक अनुसार गुल्मी, बाजुरा, दैलेख, डोल्पा, रुकुम, सल्यान र स्याङ्जामा अहिलेसम्म वैदेशिक लगानी भित्रिएको छैन । खोटाङ, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुरमा पनि अहिलेसम्म विदेशी लगानी शुन्य रहेको विभागको तथ्यांकले देखाउँछ । आजको गोरखापत्र दैनिकमा खवर छ ।

Comments

comments

Comments are closed.