गुल्मी दर्पण विमोचित

  •  
  •  
  •  
  •  
  •  

भैरहवा । पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखा भैरहवाले प्रकाशन गरेको गुल्मी दर्पण स्मारिकाको शुक्रबार विमोचन गरे । ज्ञवालीले कार्यक्रममा बोल्दै स्मारिकाले गुल्मीको पहिचान समेटेको बताए ।

उनले जिल्ला बाहिर रहेर पनि आफ्नो जन्म भूमिलाई बिर्सन नहुने भन्दै जन्म भूमिको विकासका लागि एक जुट हुनुपर्नेमा जोड दिए ।

स्मारिका विमोचनको अवसरमा स्मारिकको संयोजक डिल्लीराम भट्टराईसहित सम्पादन मण्डलका सदस्यहरू कुलानन्द ज्ञवाली, रुद्र ज्ञवाली, गोपाल पाण्डे, टीपी भुसाललाई दोसल्ला ओडाएर सम्मान गरियो । स्मारिकामा गुल्मी जिल्लासँग सम्बन्धित लेखहरू प्रकाशित छन् ।

समाजका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्व सम्पन्न सो कार्यक्रममा सचिव तारापति भण्डारी, लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सेरबहादुर बस्नेत, उपाध्यक्ष केशवराम ज्ञवालीलगायतले स्मारिका प्रकाशनको प्रशंसा गरे । -राजधानी दैनिकबाट

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *