गुल्मी दरबारका बासिन्दाले गरे कार्यकारीको स्वागत

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ११ चैत । गुल्मीको नवस्थापित गुल्मी दरबार गाउँपालिकाकी नवनियुक्त कार्यकारी अधिकृत हरिमाया पौड्याललाई गाउँपालिकाको विकासका लागि आफू डटेर लाग्ने वचन दिएकी छिन् ।

स्थानीयहरुले उनकै कार्यकक्षमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पौड्यालले उक्त प्रतिवद्धता गरेकी हुन् । कार्यक्रम साविक गौडाकोट गाविस भवनमा आयोजना गरिएको हो । हाल उक्त भवनलाई नै गाउँपालिका भवन कायम गरिएको छ । गुल्मीकै मदाने गाउँपालिकाकी बासिन्दा पौड्याल आफ्नै क्षेत्रमा कार्यकारी अधिकृतका रुपमा पाएबाट स्थानीयहरु उत्साहित भएका हुन् ।
darbar devisthan gau palikaकार्यक्रम साविक विरवास गाविसका सचिव फर्र्सबहादुर कार्कीको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रममा ७ गाविसका सबै वडाका सबै राजनीतिक दलका प्रतिनिधी सहभागी थिए । बलिथुम, जुभुङ, गौडाकोट, बिरबास, अमरअर्वाथोक र दरबारदेवस्थान गरी ७ गाविसलाई समेटेर गुल्मी दरवार गाउँपालिका गठन गरिएको हो । कार्यक्रममा सन्दिप पन्थी र विष्णु प्रसाद पन्थीले स्वागत भाषण गरेका थिए ।

Comments

comments

Comments are closed.