गुल्मी जुभुङ–रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

  •  
  •  
  •  
  •  
  •  

बुटवल । गुल्मी जुभूङ्ग–रुपन्देही सम्पर्क समाजको प्रथम साधरण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट बम बहादुर थापा अध्यक्ष, टेक बहादुर बलाल उपाध्यक्ष, दिनेश खड्का सचिव, झुम प्रसाद श्रेष्ठ कोषाध्यक्ष र मनोज खड्का सह–सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, राजीव गौतम, दिपक थापा, शान्ति थापा, राधा थापा, मिठु गौतम, फर्स बहादुर थापा, गोपाल गौतम, गुन बहादुर थापा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति सदस्य प्रविण गाहाले जानकारी दिनुभयो ।
gulmi jubhung news
अधिवेशनको अवसरमा समाजले विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । जेष्ठ नागरिकको रुपमा प्रेम नारायण पाण्डे, चेत नारायण गौतम, त्रिलोचन शर्मा र चित्रकला गौतम सम्मानित हुनुभयो । यस्तै जेहेन्दार छात्रा विद्यार्थीद्वय एलिना खड्का र भिमा खासु, सगरमाथा आरोही टोप बहादुर खत्री, संस्थालाई सहयोग गर्ने मणि गौतम र खिम बहादुर खड्कालाई सम्मान गरिएको सचिव दिनेश खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गुल्मेली सम्पर्क समाजका अध्यक्ष हिरा बहादुर भलामीले सम्पर्क समाजको माध्यमबाट आपसी भाईचारा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै संस्थाहरु सामाजिक काममा क्रियाशिल हुन सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक कर्मचारी संघका केन्द्रीय सदस्य रघुनाथ गौतम, घरेलु तथा साना उद्योग विकास कार्यालय नुवाकोटका निर्देशक राम बहादुर राना, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका बरिष्ट उपाध्यक्ष राम प्रसाद गौतम, समाजका कानुनी सल्लाहकार गिरीराज बिक्रम खड्का, सल्लाहकार लक्ष्मी प्रसाद गौतम, दीपज्योती प्राथमिक विद्यालयका प्राधानाध्यापक केशरमणी गौतम , सह–सचिव मनोज खड्का लगायतले बोल्दै सामुहिक प्रयासविना संस्था अगाडी बढ्न नसक्ने उल्लेख गर्दै सबैजना एकवद्ध भएर लाग्न सुझाव दिनुभयो । साधरण सभाले अध्यक्ष बम बहादुर थापा, सचिव दिनेश खड्का र कोषाध्यक्ष पुष्पा खड्काको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । -लुम्बिनी टाइम्स डट कमबाट

Comments

comments

Comments are closed.