गुल्मी जुभुङ-रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

  •  
  •  
  •  
  •  
  •  

बुटवल । गुल्मी जुभूङ्ग–रुपन्देही सम्पर्क समाजले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रक्तञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३८ जनाले रगत दान गरेका थिए ।

समाजले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्ने क्रममा रक्तदान कार्यक्रम गरेको र आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरनतरता दिइने समाजका सचिव दिनेश खड्काले बताउनु भयो ।
gulmi jubhung rupandehiसह–सचिव मनोज खड्काको संयोजन तथा सदस्य राजीव गौतमको उपसंयोजनमा कार्यक्रम भएको थियो । समाजले आगामी बैशाख–२ गते नयाँबर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने र सोही अवसरमा रक्तदाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बम बहादुर थापाले जानकारी दिनुभयो ।

Comments

comments

Comments are closed.