गुल्मी जिल्ला अस्पतालमा ११ डाक्टरको दरबन्दीमध्ये ३ जना मात्र कार्यरत

  •  
  •  
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
जिल्ला अस्पताल गुल्मी तम्घासमा ११ जना चिकित्सकको दरबन्दी भए पनि तिन जनाको मात्र पदपूर्ति भएको छ।

जिल्ला अस्पताल २२ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति भएपछि दरबन्दी थप भए पनि हाल एक जना काजमा सहित ३ जना चिकित्सक मात्र उपलब्ध छन्। अस्पतालका अनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट काजमा आएका एक जना चिकित्सक पनि हाजिर गरेर पुनः बुटवल नै फर्किएकाले दुई जना चिकित्सकले मात्र सेवा पुर्.याइरहेका छन्।

जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर श्यामकिशोर चौधरीले दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचार सेवामा कठिनाइ भइरहेको बताए।
डा. चौधरीले भने, ‘चिकित्सक मात्र होइन ५९ जना नर्सिङ स्टाफ दरबन्दी रहेकोमा जम्मा ३३ जना मात्रै कार्यरत छन्।’

अर्घाखाँची, बाग्लुङ र प्युठानदेखिका बिरामी अस्पतालमा आउने भएकाले दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध हुनुपर्ने उनले बताए। डाक्टर चौधरीका अनुसार दैनिक एक सय ५० देखि दुई सयको हाराहारीमा बिरामीले जिल्ला अस्पताल गुल्मीबाट सेवा लिन्छन्।

Comments

comments

Comments are closed.