गुल्मी जालापा महोत्सव स्थगित

  •  
  •  
  •  
  •  
  •  

कौरव खत्री
गुल्मी । गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको जालापा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव केहि समयको लागि स्थगित गरिएको छ ।

विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि यहि मंसिर २५ गतेदेखि पौष २ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव ५ नं. प्रदेश अनिश्चित कालको लागि बन्द र हडतालका कारण महोत्सव स्थगित गरिएको मुल समारोह समितिका संयोजक शेर बहादुर कुँवरले जानकारी दिए ।

साथै महोत्सव आँउदो माघ र फाल्गुन महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको आयोजकले जनाएको छ । यसै वीचमा कलश सदस्यता वितरण र आर्थिक संकलन अभियानलाई निरन्तरता दिने संयोजक कुँवरले बताए ।
gulmi jalpa

Comments

comments

Comments are closed.