गुल्मी जाँदै गरेको बस र मोटरसाइकल ठोक्किँदा पाल्पामा एकको मृत्‍यु

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । पाल्पा-गुल्मी सडक खण्डमा वुटवलवाट गुल्मी जादै गरेको लु.१ ख. ६९८२ नं को वस र विपरीत दिशा तर्फवाट आईरहेको लु.२१.प. ९२८७ नं को मोटर साईकल एक आपसमा ठक्कर खादा मोटर साईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा गैरागाँउ १० वस्ने अन्दाजी १९ वर्षको संगीत दर्मा रहेका छन् भने घाइते हुनेमा पाल्पा चिदीपानी ४ को वर्ष २० का अमित सारु रहेको प्रहरीले जनाएको छ ।
palpa accident

Comments

comments

Comments are closed.