गुल्मी-चितवन समाजमा युवराज

  •  
  •  
  •  
  •  
  •  

राजु थापा
चितवन, बैशाख ९ । गुल्मी चितवन मैत्री समाजको १४ औ साधारण सभा तथा अधिवेशनले युवराज खरेललाई अध्यक्षमा चयन गरेको छ । यस्तै समाजको कार्यसमिति वरिष्ठ उपाध्यक्षमा दिपक ढकाल, उपाध्यक्ष दधिराम काफले, सचिवमा विक्रम सापकोटा सहसचिवमा शिव ढकाल र कोषाध्यक्षमा हिरामणी खरेल र सहकोषाध्यक्षमा मोहन पन्थी चयन हुनुभएको हो ।

१५ सदस्यिय कार्य समितिको कार्यकाल ३ वर्षको हुनेछ । साधारण सभामा १ सय ४ वर्षिय बृद्ध कमलानन्द सरस्वती प्रमुख अतिथि रहनु भएको थियो ।
gulmi-chitwan maitri samajगुल्मी बाट चिवतनमा आई स्थाई बसोबास गर्नु भएकाहरुको समाजमा आवद्धतता रहेको छ । समाजले विभिन्न समयमा सामाजिक कार्यहरु गरिरहेको छ साधारण सभाको अवसर पारेर यस वर्षको समेत क्यालेण्डर समेत प्रकाशन गरिएको थियो ।
साधारण सभामा रामलाल भटट्राई , कलाधर अर्याल, कपिल ज्ञवाली, रुमाकान्त भण्डारी, उत्तमलाल चुके, लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । युवराज खरेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सभालाई समाजका अध्यक्ष यम बहादुर वि केको सभापतित्वमा सम्पन्न भएके हो ।

Comments

comments

Comments are closed.