गुल्मी कारागारबाट ५ जना कैदी रिहा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ १५ । गणतन्त्र दिवशको अवसर पारेर जिल्ला कारागार गुल्मीबाट ५ जना कैदी रिहा भएका छन् । केन्द्रबाट सिफारिस भएका ५ जनालाई दिवसको अवसर पारेर रिहा भएका हुन ।

जेलमुक्त भएकाहरुमा, कर्तव्य ज्यान मुद्दा,अबैध हातहतियार, ज्यानमार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेकाहरु रिहा भएको जिल्ला कारागार गुल्मीका प्रमुख गोपालप्रसाद पाण्डेयले जानकारी दिए । गणतन्त्र दिवसकै अवसरे असल चालचलन भएका कैदीको कैद माफी दिदै आएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने ब्यवस्था रहेको छ ।

Comments

comments

Comments are closed.