गुल्मी काठमाडाैं सम्पर्क मञ्चकाे क्षेत्रीय भेला सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

तत्कालकाे स्ववियु निर्वाचन, स्थानीय तहकाे चुनाव र कार्यकर्ताकाे परिचालन कसरी गर्ने भन्ने सम्बन्धी धारणा बनाउने उद्देश्यले नेकपा (एमाले) अन्तरगतकाे गुल्मी काठमाडाैं सम्पर्क मञ्चकाे ३ नम्बर क्षेत्रीय भेला टाइम्स कलेजमा सम्पन्न भएकाे छ ।

गुल्मीकाे ३ नम्बर क्षेत्रका सांसद गाेकर्ण बिष्ट र महिला विद्यार्थी नेता राम कुमारी झाँक्रीकाे अातिथ्यतामा सम्पन्न भेलाले स्थानीय तहकाे चुनावकाे निम्ति सबैले अा-अाफ्नेा क्षेत्रबाट विशेष पहल गर्नुपर्नेमा जाेड दिएकाे छ.

नवविवाहित महिलाहरू तथा अन्य कतिपय व्यक्तिहरूकाे नामावली छुटेकाेमा यसलार्इ समयमा नै नाम संलग्न गराउने किसिमले सबैलार्इ जानकारी गराउनुपर्ने कुरामा समेत छलफल भएकाे थियाे ।

अहिलेकाे स्थानीय तह पुःनर्संरचना अनुसार यस क्षेत्रमा ५ अाेटा गाउँपालिका रहेका र ती सबै क्षेत्रमा एमालेकाे वर्चस्व बढाउनकाे निम्ति विशेष अभियान चलाउने बारेमा पनि छलफल केन्द्रित रह्याे ।

फरक प्रसङ्गमा गाेकर्ण बिष्टले गुल्मीकाे विकासकाे निम्ति निकै नै धेरै सङ्ख्यामा याेजनाहरू परेका तर ती याेजना पूरा हुनकाे निम्ति ठूलाे रकमकाे बजेट अावश्यक पर्ने हुनाले केही बर्ष ढिला हुन सक्ने कुरा बताएका छन् ।

Comments

comments

Comments are closed.