गुल्मी आन्दोलनको जनउभार २०६२/०६३ को

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–२० । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै सुरु गरिएको गुल्मीको संयुक्त जनआन्दोलनको आज छैठौं दिनको जनउभार २०६२ ÷०६३ को १९ दिने जनआन्दोलनको झल्को मेटाउने खालको देखिएको छ ।img_4370
तम्घासको वालमन्दिर प्राङ्गणमा आयोजन गर्ने भनिएको विरोध सभा त्यहाँ सहभागिताको एक तिहाई मानिसहरु पनि अट्न नसक्ने भए पछि महन्द्र माध्यामिक विद्यालयको मैदानमा सार्नु परेको थियो ।
तम्घासका पुरै विद्यालय र क्याम्पसका विद्यार्थी, शिक्षक वुद्धिजिवी, नागरिक समाज, उद्योगी व्यवसायी ,सामाजिक संघ संस्था, दलका कार्यकर्ता सहित हजारौंको सख्यामा सहभागिता रहेको विशाल विरोध प्रदर्शनको ¥याली तम्घास वजार परिक्रममा गर्दा धेरैले १९ दिने जनआन्दोलनका जनउभार संग दाँजेका थिए ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालले लगायत सवै दलले संयुक्त रुपमा अगुवाई गरेको विरोध प्रदर्शनमा सरकारलाई गाली गर्ने र चेतावानी दिने बढि मात्रमा सत्तारुढ दलकै नेता कार्यकर्ताहरु धेरै थिए ।
नेकपा एमालेका नेता तथा पुर्व सांसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित विशासल विरोध सभामा वक्ताहरुको सख्या आवश्यक भन्दा बढि थियो । विरोध सभामा चर्चित गायक बैकुण्ठ महत , असिम महत, सन्तु थापा, तुल्सीङ्ग रनपछाई ,सहित लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीका कलाकारहरुले मनोरञ्जन प्रदान जनवादी गीतका माध्यमद्धारा ५ नम्वर प्रदेश टुक्राउन नहुने माग गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सचिव खिलध्वज पन्थी, नेकपा एमाल
को तर्फबाट कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादीको तर्फबाट जिल्ला संयोजक विरबहादुर कार्की लगायतका विभिन्न दलका नेता , र विद्यार्थी र भातृ संगठनका नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल र गुल्मी उद्योग वाणिज्य संघका सचिव विरेन्द्र भुसालको सञ्चालन रहेको थियो ।

हेरौै तस्वीरमा विशाल जन प्रर्दशनका केहि झलकहरु

rake-still002 img_4373 img_4362

Comments

comments

Comments are closed.