गुल्मीमै बन्न थाल्यो वाईन, जुस र जाम

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र १८ । यो गर्मियाममा विदेशी उत्पादन कोकाकोला, फ्यान्ट लगायतको पेय पदार्थले वजार लिई रहेको वेला गुल्मीका एक व्यक्तिले भने गाउँकै फलफुललाई प्रशोधन गरी ति विदेशी पेय पदार्थ भन्दा स्वादिलो र तागतिलो पेय पदार्थ वजारमा ल्याएका छन् ।

गुल्मीको नयाँगाउँ–१ अरौदीका ४८ बर्षिय नारायण पोखरेलले सुन्तला लगायतका फलफुलबाट जाम जुस देखि वाईन सम्म उत्पादन गरेका हुन् । उनले सुन्तलाका वोक्रा समेत खेर जान दिएका छैनन् । जुस, जाम र अन्य पेयपदार्थका लागि केलाईएका सुन्तलाको वोक्रा सुकाएर प्रति किलो ५० का दरले काठमाण्डौमा वोराको वोरा पठाउने गरेका छन् । ‘डण्डीफोर र मुहारका दागहरु मेटाउने औषधीको कच्चापदार्थ सुन्तलाको वोक्रा भएकोले काण्ठमाण्डौमा यसको माग बढेको छ’, उनले भने, ‘म अरुलाई समेत सुन्तलाको वोक्रा नफाली सञ्चय गरेर वेच्न आग्रह गर्दछु ।’

आदर्श फलफुल प्रशोधन केन्द्र नयाँगाउँ ३ देउराली गुल्मी , नामक उद्योग दुई वर्ष अघि दर्ता गरेका पोखरेलले प्रशोधन केन्द्र भने तम्घासमै सञ्चालन गरेका छन् । सुन्तलाको रसबाट जाम, जुस, सर्वत, वाईन लगायतको पेय, पदार्थ उनले उत्पादन गर्ने गरेका छन् । त्यस्तै रुखकटहरबाट पनि तैयारी पेय, भुँईकटहर, मुला गाजर गोभी, लप्सी अकवरे खुर्सानीबाट वेग्ला बैग्लै स्वाद भएको अचार पनि उनले उत्पादन गरेर बेच्ने गरेका छन् । त्यस्तै केराबाट बनाएको चिप्स , कागती र अमिलोको चुक पनि उनकहाँ पाईने गरेको छ ।

आफ्नै खेतवारीमा फलेका सुन्तला र अन्य खेतीपातीलाई उनले प्रशोधन गरी उक्त पेय र खाद्य पदार्थ झोलामा बोकेर घर घरमा पुगेर बेच्ने पोखरेलले आईतवार देखि सदरमुकाम तम्घासको पुतली बजारमा पसल राखेरै बेच्न थालेका छन् । उनले उक्त पसल तिन लाख लागतमा खोलेको बताए ।

‘विदेशको चक्करमा पैसा डुवाए पछि वल्ल चेत आयो’

यसरी गाउँको उत्पादनलाई आधुनिकीकरण र वजारीकरण गर्न थालेका पोखरेलको कथा पनि बैदेशिक रोजगारबाट ठगिने अन्य नेपालीको जस्तै रहेछ । सुरुमा कतारमा ३५ महिना बसेर फर्किएका पोखरेलले त्यहाँको कमाई ऋण तिर्न मात्रै ठिक्क भएको बताए । उनि वैदेशिक रोजगारबाट ठगिएको पिडा यसरी सुनाउ छन–‘ त्यहाँबाट फर्किएर राम्रै ठाउँमा जान्छु भनेर दलालको पछि लागे । दलालले निकै राम्रो कमाई हुने देशमा पठाउँछु भनेर सवा तिन लाख लिएर दिल्ली लग्यो ।

त्यहाँबाट विभिन्न मुलुक पुरायो । अन्तिममा कम्वोडियामा लगेर छाड्यो । त्यहाँबाट ११ दिनमा वल्ल वल्ला दिल्ली हुँदै स्वदेश फर्के । फर्किने क्रममा वुटवलमा ओर्लिदा घरेलु तथा साना उद्योग विकास समितिका हाकिम कृष्णप्रसाद पोखरेल संग जम्का भेट भयो । उहाँ संग आफ्नो पिडा सुनाएँ । उहाँले पिर नगर भाई तिमीलाई आयआर्जको कुनै माध्यम खोजौला भन्नु भयो । त्यतिकैमा म घर फर्किए ।

उहाँ आफुले मलाई दिएको आश्वासन सम्झीनु भएको रहेछ र फलफुलवाट बन्ने यि पेय पदार्थको तालिम खुलाउँदा मलाई पनि बोलाएर सहभागि गराउनु भयो । त्यस पछि अध्यान भ्रमणका लागि खाद्य प्रयोगशाला पोखरा र सिन्धुपाल्चोकको ठुलो सिरुवारी स्थित वस्तु विकास केन्द्र सम्म पुगे पछि यि सवै पेय पदार्थहरु प्रशोधन गर्न सिकेको हुँ । अहिले त आफैले विभिन्न स्थानमा पुगेर तालिम समेत दिदै आएको छु । यो व्यवसाय थोरै लागानीमा घरै बसी बसी गर्न सकिन्छ ।’

उनले अरुलाई पनि विदेश नजान सल्लाह दिदै भने–‘ म कतारमा छँदा महिनाको १५ देखि २० हजार सम्म कमाउँथे अहिले सम्म झोलामै बोकेर बेचे पनि २० हजार कमाउँथे । आजबाट त झन पसल नै राखेकोले यो भन्दा बढि कमाई हुने आशा छ । ’ जव विदेशमा सवा तिन लाख फसाएर झण्डै वेपत्ता समेत भएको थिएँ तव चेत पस्यो उनले थपे– त्यहाँ जस्तो दुख गाउँमै गर्न सके पैसा यहि छ भनेर पराम्परागत खेती गर्ने वारीमा सुन्तला खेत गर्न सुरु गरी यस व्यवसायीमा लागेको हुँ । उनले आफ्नो गाउँ नयाँगाउँमा ७ रोपनी क्षेत्रफलमा सयौं सुन्तलाको नर्सरी , रुद्राक्ष , कागती र कफीको बगैचा समेत लगाएर राम्रै आम्दानी लिने गरेको बताए ।

Comments

comments

Comments are closed.