घटना-दुर्घटनाजिल्ला समाचार

गुल्मीमा ३ वर्षमा ८९ दुर्घटना ४७ को मृत्यु, कारवाही बढेसँगै राजस्वमा बृद्धि

टोपलाल अर्याल
गुल्मी, १४ भदौ । गुल्मी जिल्लामा तीन वर्षको तथ्याङ्क हेर्दा सवारी दुर्घटना घट्दै गएको छ । दुर्घटना र त्यसमा ज्यान गुमाउनेहरुको दर वर्षैपिच्छे कम हुँदै आएको छ । सावरी कारवाही बढेसंगै राजस्व संकलनमा बृद्धि भएकाे छ ।

तीन वर्षमा ४७ जनाको मृत्यु

आर्थिक वर्ष २०७३, ०७४ मा जिल्लामा सवारी दुर्घटनामा परि सात पुरुष, तीन महिला र एक बालबालिका गरी ११ जनाले ज्यानले गुमाए । आर्थिक बर्ष २०७२÷०७३ मा १५ पुरुष, दुई महिला र दुई बालबालिका गरी १९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७१, ०७२ मा ११ पुरुष, एक महिला र एक बालबालिका गरी १७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यलयका भरत गुरुङले जानकारी दिए ।

एक सय ८१ घाइते

पछिल्ला वर्षहरुमा दुर्घटनामा घाइते हुनेको दर पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १५ पुरुष, पाँच महिला र छ बालबालिका, २०७२, ०७३ मा २८ पुरुष, आठ महिला र एक बालबालिका गरी ३७ र २०७१, ०७२ मा २७ पुरुष, १५ महिला र सात बालबालिका गरी ४९ जना शक्त घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएकोे छ ।

त्यसैगरि आर्थिक वर्ष २०७३, ०७४ मा १० पुरुष, दुई महिला र चार बालबालिका गरी १६ जना सामान्य घाइते भए । भने २०७२, ०७३ मा छ पुरुष, छ महिला र दुई बालबालिका गरी १४ जना र आर्थिक बर्ष २०७१, ०७२ मा १६ पुरुष, ११ महिला र १२ बालबालिका गरी ३९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

तीन वर्षमा ८९ वटा सवारी दुर्घटना

गत तीन वर्षमा सवारी दुर्घटनामा पनि कमी आएको छ । तीन वर्षमा सबैखाले गरेर ८९ वटा दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७३, ०७४ मा दुई वटा ट्रक, दुई वटा वस, सात वटा जिप÷कार, सात वटा ट्याक्टर र तीन वटा मोटरसाइकल गरी जम्मा २१ वटा सवारी साधन दुर्घटना भए । भने आर्थिक वर्ष २०७२, ०७३ मा जिल्लामा पाँच बस, सात जिप, छ ट्याक्टर र ११ मोटरसाईकल गरी २८ सवारी साधन दुर्घटनामा परेका छन् । त्यस्तै आर्थिक बर्ष २०७१, ०७२ मा चार ट्रक, १६ जिप, कार, १० ट्याक्टर, सात मोटरसाइकल र दुई वटा अन्य सावरी साधन गरी ४० सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी निरिक्षक प्रेम श्रेष्टले बताए ।

तीन वर्षमा ६२ लाख राजस्व

भने जिल्लामा राजस्व संकलनमा वृद्धि भएको छ । गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सावरी कारवाही बढेसंगै राजस्व संकलनमा बृद्धि भएको छ । तीन बर्षमा १३ हजार छ सय ३७ सवारी साधन कारबाहिमा परेका छन् । जसबाट ६२ लाख ४२ लाख नौ सय राजस्व संकलन भएको छ । आर्थिक बर्ष २०७३, ०७४ मा पाचँ हजार तीन सय १३ सवारी कारबाहिमा परे ।

जसबाट कुल ३२ लाख एक हजार रुपैँया राजस्व संकलन भएको छ । जुन रकम आर्थिक वर्ष २०७२, ०७३ को भन्दा १५ लाख ८६ हजार चार सय र आर्थिक वर्ष २०७१, ०७२ भन्दा १७ लाख ७३ हजार सात सयले बढी हो । आर्थिक वर्ष २०७२, ०७३ मा ट्राफिक प्रहरीले जिल्लामा तीन हजार सात सय ४० सवारी साधनलाई कारवाही गरेको थियो ।

जसमा कुल १६ लाख १४ हजार छ सय रुपैयाँ राजस्व उठेको छ । आर्थिक बर्ष २०७१, ०७२ मा पाचँ हजार चार सय ८४ सवारी कारवाहीबाट १४ लाख २७ हजार तीन सय राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख श्रेष्टले बताए जनाएको छ ।

मोटरसाइकल सबैभन्दा बढी कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तीन बर्षे प्रतिवेदन अनुसार सवै भन्दा बढि मोटरसाइकल नै कारबाहिमा पर्ने गरेका छन् । आर्थिक वर्ष २०७३, ०७४ मा मात्रै दुइ हजार चार सय २७ मोटरसाइकल कारवाहीम परे । जसबाट १४ लाख ७१ हजार पाचँ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै एक हजार चार सय ३८ जिप, कारबाट आठ लाख ५६ हजार पाचँ सय रुपैयाँ, छ सय १५ बसबाट ३१ लाख सात हजार रुपैयाँ राजस्व उठेको छ । तीन सय ८६ ट्रक कारवाहीबाट दुइ लाख ७६ हजार, त्यस्तै तीन सय ४७ ट्याक्टरबाट एक लाख ९० हजार रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।