गुल्मीमा २ दर्जन शिक्षकहरु जागिर छाडेर चुनावी मैदानमा

  •  
  •  
  •  
  •  
  •  

शिवलाल सुवेदी
गुल्मी, ९ जेठ । लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचका लागि गुल्मी जिल्लामा करिब २ दर्जन शिक्षकहरुले राजीनामा दिएका छन् ।

रेसुङ्गा नगरपालिका १३ घोर्ले माध्यमिक विद्यालयका शिक्षक खुमबहादुर खत्री यतिबेला चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा खत्री मात्र होइन लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचका लागि जिल्लामा करिब २ दर्जन शिक्षकहरुले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

यस स्थानीय चुनावमा २ उप–प्रमुख सहित १४ जना वडा अध्यक्षका उम्मेदवार बनेका छन् ।

Comments

comments

Comments are closed.