गुल्मीमा २२ करोड भन्दा वढी रकम फ्रिज

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, साउन ४ । आर्थिक बर्ष ०७२-७३ मा गुल्मीमा २२ करोड १३ लाख २९ हजार ७ सय ३३ रुपैयाँ बजेट फ्रिज भएको छ । उता राजस्व संकलन भने गत आर्थिक वर्षको तुलनामा २६ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।
पुँजीगत तर्फ केहि ठूला ठूला विकासे अड्डाहरुले बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले जनाएको छ । कार्यालय गुल्मीका अनुसार कुल बजेट ३ अर्ब ९७ करोड ६७ लाख ५६ हजार ४ सय २९ रुपैयाँ रहेकोमा ३ अर्ब ७५ करोड ५४ लाख २६ हजार ६ सय ९५ रुपैयाँ मात्र खर्च भएको छ ।
चालु तर्फ २ अर्ब ८१ करोड ६० लाख ५२ हजार ९ सय २९ रुपैयाँ बजेट बिनियोजन भएकोमा २ अर्ब ७० करोड ४२ लाख २१ हजार ६ सय २६ रुपैयाँ खर्च भएको कोष नियन्त्रक ससिन्द्र खातीले बताए । पूँजिगत तर्फ १ अर्ब १६ करोड ७० लाख ३ हजार ५ सय बजेट बिनियोजन भएकोमा १ अर्ब ५ करोड १२ लाख ५ हजार ६९ रुपैयाँ खर्च भएको कोष नियन्त्रक कोष नियन्त्रक खातीले बताए ।
गुल्मीमा वढी रकम फ्रिज गर्नेहरु कार्यालयमा जिल्ला बिकास समिती गुल्मीको ४ करोड ७२ लाख भन्दा वढी, जिल्ला शिक्षा कार्यालय गुल्मीको २ करोड १६ लाख भन्दा वढी, तम्घास-समिलटारी सडक आयोजना लगायतका बिभिन्न बिकासे कार्यालयहरुको ठुलो रकम फ्रिज भएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *