गुल्मीमा २० दिन पछी बन्द खुकुलो, आन्दोलनको स्वरुप परिर्वतन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस ४ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा चलिरहेको आन्दोलनको स्वरुप परिर्वतन भएको छ । संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा लगातार २० औं दिन सम्म अनिश्चित कालिन बन्दको घोषण गरेर अगाडी बढेको आन्दोलनले केहि नयाँ कार्यक्रमकहरु सार्बजनिक गरेको छ । सोमवार संयुक्त संकर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरि १९ दिन आन्दोलनको समिक्ष गर्दै बन्द खुकुलो बनाएको छ । समितिले सोमबार र मंगलबार बिहान ११ बजे सम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना र बन्द गर्ने निर्णय गरेको छ । धर्नाका कारण आज पनि १ घण्टा सरकारी कामकाज ठप्पहुनुका साथै प्रमुख जिल्ला अधिकारी सहित अधिकांश कार्यालयका प्रमुखहरु कार्यालय प्रबेशमा रोकिएका थिए ।

आज बिहान ११ बजेबाट सम्पुर्ण क्षेत्र सहजरुपमा संचालन आएका छन् । धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले दुई दिनको लागि बन्द खुकुलो बनाइएको संयुक्त संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्टले बताए । दुई दिन मात्र बन्द केहि खुकुलो भएपनि सधैको लागि फिर्ता र आन्दोलन नै स्थगित भने नभएको श्रेष्ठले बताए । पुस ४ गतेको संसद बैठक, ५ गतेको सर्वोच्चको आदेश र परिस्थती अनुसार आन्दोलनका नयाँ कार्यक्रमहरु अगाडी बढाउने निर्णय भएको श्रेष्ठले बताए ।
आजबाट अन्दोलन खुकुलो भएपछी गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारी सधानहरु सञ्चालनमा आएका छन् भने बजार शिक्षण,संस्था, कलकारखाना, उद्योग धन्दा सबै सुचारु भएका छन् । मंसिर १४ गतेबाट जारी जिल्ला बन्दले दैनिक जनजीवन निकै कष्टपुर्ण बन्दै गइरहेको थियो । बन्द खुलेसगै लामो समयसम्म जनतव्यमा जान नसकेकाहरु फर्किएका छन् भने गुल्मीको जनजिवन सामान्य बन्दै गएको छ । गुल्मीमा ११ दलको ऐक्यबद्धता मा लगातार २० दिन बन्द हुदै आएको थियो ।

Comments

comments

Comments are closed.