गुल्मीमा १४ दल दर्ता, यस्तो छ दर्ता भएका दलको सुची

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, माघ २६ । सरकारले स्थानिय निर्वाचनको तयारी थाल्दै गर्दा गुल्मीमा १४ दलले दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, ने.क.पा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, संङघीय समाजवादी पार्टी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल रहेका छन् ।

त्यस्तै नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन र नेपाल कम्यूनिष्ट पार्टी (माले–समाजवादी) लगायतका दलले सुची दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।

जिल्लामा तिन वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ लाख ७७ हजार ३ सय ७९ मतदाता रहेको सुचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । जिल्लामा क्षेत्र नं. १ मा ४६ हजार २ सय ४६ जना, क्षत्र नं. २ मा ७१ हजार ६ सय ४६ जना र क्षेत्र नं. ३ मा ५६ हजार ४ सय ६७ जना मतदाता रहेका छन् । जिल्लामा अधिकांश दलहरु दर्ता भए पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले भने दल दर्ता गराएका छैनन् ।

दर्ताको लागी केन्द्रमा दल दर्ता भएको प्रमाणपत्र र जिल्लाको कार्यसमितिको विवरण सहित राजनीतिक दल दर्ताका लागि आयोगले सूचना निकालेको थियो ।

Comments

comments

Comments are closed.