गुल्मीमा १० करोड फ्रिज , राजश्वमा भने बृद्धि

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, साउन–१८ । गुल्मी जिल्लाका सरकारी कार्यालयहमा गत आर्थिक वर्षमा १० करोड भन्दा बढि रकम राज्य कोषमा फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक तथा सुचना अधिकृत दधिराम मरासीनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा पुँजगत तर्फ १० करोड ९४ लाख ९८ हजार ३ हजार ४ सय ३ रुपैयाँ फ्रिज भएको छ ।

Hid da hiddai ep 7.Still002त्यस्तै तलव भक्ता लगायतमा खर्च हुने चालु तर्फ ११ करोड १८ लाख ३१ हजार ३ सय ३ रुपैयाँ पनि राज्य कोषमा फिर्ता जाने भएको छ । यसबाट चालु तर्फ ९६.०३ प्रतिशत खर्च भएको देखिन्छ । त्यस्तै पुँजीगत तर्फ ९०.५७ प्रतिशत खर्च भएको पाईएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजश्व संकलनमा भने गुल्मीमा अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ । कोष नियन्त्रक मरासीनीका अनुसार आर्थिक वर्ष २०७१ ÷० ७२ मा ११ करोड ९६ लाख ९६ हजार २ सय ६४ राजश्व संकलन भएको थियो । तर आर्थिक वर्ष २०७२÷०७३ मा झण्डै ४ करोड भन्दा बढि रकम राजश्व बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा कुल १६ करोड १३ लाख ८ हजार ३ सय ४६ रुपैयाँ राजश्व संकलन भएको कोष नियन्त्रक मरासीनीले जानकारी दिए । संस्था दर्ता लगायतको कर अशुलमा बृद्धि भएको र रेसुङ्गा नगरपालिकाका कारण पनि राजश्व संकलनमा लक्ष्य भन्दा बढि प्रगती भएको मरासीनीको ठहर छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकामा गत आर्थिक वर्षमा आन्तरिक तफै ३४ लाख र मालपोत रजिष्टेशनबाट ४६ लाख राजश्व बृद्धि भएको त्यस नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीले जानकारी दिए । सो कार्यालयका लेखापाल राजेन्द्र रेग्मीका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा आन्तरिक तर्फ २६ लाख र मालपोत रजिष्टेशनबाट ४८ लाख राजश्व संकलन भएको थियो ।

कार्यकारी अधिकृत पल्लीका अनुसार रेसुङ्गा नगरपालिकाका लागि गत आर्थिक वर्षमा चाल् खर्चको ४१ लाख रुपैयाँ शतप्रतिशत खर्च गर्न सो कार्यालय सफल भएको छ । पुँजीगत तर्फ २ करा्ड ८४ लाख ६० हजार पनि शतप्रतिशत खर्च गर्न सफल भएको छ ।

सडकवोर्ड कार्यक्रमको ३ लाख ६० हजार रुपैयाँ पनि पुरै खर्च भएको छ । सामाजिक परिचालनका लाखि परेको ३४ लाख ६६ हजार मध्ये ३२ लाख २० हजार मात्रै खर्च भएको र २ लाख २६ हजार राज्यकोषमा फिर्ता जाने भएको कार्यकारी अधिकृत पल्लीले बताए । लागत सहभागिता कार्यक्रमको ८७ लाख ४३ हजार पनि पुरै खर्च भएको पल्लीले जानकारी दिए ।

२०७१ साल बैशाख २५ गते नगरपालिकाको दैनिक कार्य सञ्चालन भए पनि हाल सम्म वडानागरिक मञ्च गठन हुन नसकेको प्रति कार्यकारी अधिकृत पल्लीले दुख व्यक्त गरे । उनले पटक पटक गठनकाृ प्रयास गरिए पनि सफल हुन नसकेको गुनासो गर्दै पल्लीले यस प्रति सवै राजनैतिक दलहरुको ध्यानकृष्ट गराए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *