गुल्मीमा हेल्थ एण्ड सेनिटेसन क्याम्प सञ्चालन गर्न काठमाडौंमा “भ्यालेण्टाईन फिभर”

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ‘भ्यालेन्टाइन्स डे’ अर्थात प्रेम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुने गर्दछन् । सोही अवसरमा सामाजिक सेवाका लागि ‘भ्यालेन्टाइन्स फिभर’को आयोजना हुने भएको छ । चर्चित कलाकारहरुको साथमा उनीहरुको बेजोड प्रस्तुतीका बिच ‘भ्यालेन्टाइन्स डे’ सेलेब्रेट गर्न सयौं युवा युवतीहरु प्रतिक्षारत रहेका छन् ।

भोलेन्टियर्स एण्ड रिर्सच फाउन्डेसन नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लाइभ म्युजिक र डान्स पार्टी हुने कार्यक्रम संयोजक सपना रोका (मिस मंगोल २०१२) ले जानकारी दिइन् । गुल्मी जिल्लाको अर्खवाङ गाविसमा हेल्थ एण्ड सेनिटेसन क्याम्प सञ्चालनका लागि सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा गायक दिपक लिम्बु, नायिका निशा अधिकारी, नायिका रन्जिता लिम्बु, गायक मोहन मादेन, डान्सर सरिष्मा मगर, जेम्स विसि लगायतले आफ्नो प्रस्तुति देखाउने भएका छन् ।
दरबारमार्ग स्थित होटल उड ल्याण्डको रोयल हलमा हुने कार्यक्रम १४ फेब्रअरी को दिन दिउँसो दुई बजेदेखि राति दश बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Comments

comments

Comments are closed.