गुल्मीमा स्थानियले लौरा लिएर भने,सिमाङ्कन हेरफेर अघिवढे प्रतिकार गर्न तयार छौ

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर २५ । सरकारले आफना माग सुनुवाई नगरेपछी गुल्मीमा लौरे जुलुस प्रर्दशन भएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका बिभिन्न राजनितिक दल, उद्योगवाणिज्य संघ,नागरिक समाज, लोक तथा दोहोगित प्रतिष्ठान स्थानिय वासीले बिरोध गर्दै लौरा लिएर प्रतिकात्मक बिरोध स्वरुप सडकमा उत्रिएका हुन । वर्तमान सरकारले आन्दोलन चलिरहेको यतिका दिन बित्दा समेत कुनै सुनुवाइ गर्न तर्फ नलागेको भन्दै उनिहरुले प्रतिकात्मक स्वरुप लौरा हातमा लिएर उत्रिएको बताएका छन् । हाम्रो माग सुनुवाई गर्न तर्फ कुनै चासो नदेखाएको भन्दै उनिहरुले यहि माग पुरा गर्न सरकार तयार नभए प्रतिकार गर्न पनि पछी नहने भन्दै लौरा जुलुस निकालिएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।
जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले बजारका बिभिन्न स्थानमा हातमा लौरा लिएर बिभिन्न नाराबाजी समेत गरेका थिए । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । लौरे जुलुस प्रर्दशन पछी कोणसभा समेत सम्पन्न भएको छ । कोणसभामा कबिता तथा बिभिन्न साँगितिक प्रस्तुति मार्फत सरकारलाई अबिलम्ब माग सुनुवाई गर्न सुल्झाएका थिए । उनिहरुले सरकारलाई जनभावना विपरित कदम तुरुन्त फिर्ता लिन समेत चेतावनी दिएका छन् ।
सिमाङ्कन हेरफेरको बिरोधमा गुल्मी एघारौं दिन ठप्प जनजिवन कष्टकर
अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा ११ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । जिल्लाको आन्दोलनलाई शसक्त बनाउन भन्दै यहि मंसिर २७ गते बृहत सभा गर्ने निर्णय गरेको छ । समितिको सम्पन्न बैठकले गुल्ममी संग सम्बन्धीत सम्पर्कलाई ५ नम्बरका प्रतिनिधित्व गर्ने सभासदको भेला आयोजन ागर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । सभामा गुल्मीका केन्द्रिय नेता तथा सभासदले सम्बोधन गर्ने संयुक्त अन्दोलन समितिले गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.