गुल्मीमा सोनालिका ट्याक्टरको अधिकृत विक्री सुरु

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , फागुन– ५ । विश्वभरको ग्रामिण भेग सम्म वजार विस्तार गर्न सफल सोनालिका ईन्टरेनेशनलले उत्पादन गरेको सोनालिका ट्याक्टरको विक्रि वितरण आज देखि गुल्मीको सदरमुकामबाट सुरु भएको छ । उक्त कम्पनीबाट अधिकृत विक्रेताको जिम्मेवारी पाएका तुल्सीरायमाझीले तम्घासको उदिनढुङ्गा जिपपार्कबाट सोनालिका ट्याक्टरको विक्रि वितरण सुरु गरेका हुन् ।

अन्य ट्याक्टर ३७ सिसीको हुने तर सोनालिका ट्याक्टर २९ सिसीको हुने भएकोले ग्रामिण भेगमा भरपर्दो र टिकाउ हुने ट्याक्टर व्यवसायी संघ गुल्मीका अध्यक्ष मोहन पाण्डेयले बताए ।
संघका कोषाध्यक्ष दधि पाण्डेयका अनुसार वर्षमा सय भन्दा बढि ट्याक्टर गुल्मीमा बुटवलबाट भित्रिने क्रम भंग भएको छ । अव गुल्मीमैं सर्व शुलभ मुल्यमा ट्याक्टर विक्री वितरण भएको छ ।
७० हर्ज क्षमताको सोनालिका ट्याक्टरको सवै भन्दा बढि मुल्य १७ लाख २२ हजार पर्ने र बैंक मार्फत किस्तामा पनि उपलव्त्र गराईने भारतबाट आएका उक्त सोनालिका ईन्टरनेशनल कम्पनीका कन्ट्री म्यानेजर प्रदिप गोगनले बताए ।

Comments

comments

Comments are closed.