गुल्मीमा ससुरा बुहारी विच चुनावी भिडन्त, ससुरा माओबादीबाट बुहारी कांग्रेसबाट उम्मेदवार

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी । दोस्रो चरणको निर्वाचनमा गुल्मीमा एकै घरका सासु बुहारी बिच चुनावी भिडन्त हुने भएको छ । ईस्मा गाउँपालिकाको वडा नम्वर ६ साविकको अमरपुरमा ससुरा हुमबहादुर सार्की र बुहारी हुमकला सार्की बिच चुनावी भिडन्त हुने भएको हो । ससुरा हुमबहादुर नेकपा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यको उमेदवार बनेका छन् भने बुहारी हुमकला नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमै उमेदवार रहेका छन् ।

humkala bk
ससुरासंग प्रतिस्पर्धामा उत्रेकी बुहारी हुमकला

ससुरालाई हराउन सक्नु होला ? भन्ने प्रश्नमा उनले भनिन्, ‘जनताले मलाई जिताउने कुरामा म ढुक्क छु ।’ फोनमा उनले त्यस्तो दावि गरी रहेकै बेला फोन सुनेर बसी रहेका उनका ससुराले बुहारीले गरी रहेको फोन मागेर दुई चार वटा कुरा आफुले पनि राख्ने ईच्छा जाहेर गरे । उनले भने, ‘हेर्नुस् राजनीति हो बुहारी भन्ने कुरै हुन्न प्रतिष्पर्धा नचल्ने कुरै भएन, म जनयुद्ध कालदेखि राजनीतिमा लागेको मान्छे हुँदा जनताले मलाई नै जिताउने कुरामा म पनि ढुक्क छु ।’ २०७० साल सम्म नेकपा एमालेमा रहेकी बुहारी कांग्रेसमा लागेर अहिले उसले उमेदवार बनाएको उनि बताउँछिन् । उनका ससुरा भने २०५८ साल देखि नै माओवादीमा लागेको बताउँछन् ।

५० वर्षको नेटो काटि सकेका उनले नागरिकतामा वाहेक अहिले सम्म तस्वीर नखिचेको भन्दै उपलव्ध गराउन सकेनन् ।ससुरा बुहारीको चुनावी चहल टक्करलाई गाउँमा रोचक ढंगले लिईएको त्यस वडा अध्यक्षमा कांग्रेस उमेदवार दलबहादुर कुँवरले बताए ।

चुनावी प्रचार तिब्र हुँदै जादा अन्य गाउँवडा र नगरहरुमा पनि कैयौ दाजुभाई, श्रीमान श्रमती बिचमा समेत घरयासी सम्बन्ध खासै राम्रो छैन । केहि दिन अघि चुनावी वादबिवादका कारण रेसुंगा नगरपालिकाको एक वडामा एमालेकी उम्मेदवार महिलाले कांग्रेसका उम्मेदवार जेठाजुलाई आक्रमण गरेकी थिइन् । उनिहरुलाई प्रहरीले मेलमिलाप गराएर पठाएको थियो ।

Comments

comments

Comments are closed.