गुल्मीमा सडक कालोपत्रे गर्ने एक मजदुर मृत फेला

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । रिडी-रुद्राबेणी सडक कालोपत्रे गर्ने एक मजदुर मृत फेला परेका छन् । भारत मोतिहारीथाना शितलपुर-१ घर भई हाल गुल्मी सत्यवती गाँउपालिका-६ अन्तर्गत उल्लिखोला नजिकै सडक कालोपत्रे गर्ने कामदार मिठु कुमार सहनीको शनिबार मृत फेला परेका हुन् ।

ईलाईट कम्पनीका मजदुर १८ बर्षिय साहनी काम गर्ने स्थान देखी झन्डै ५०० मिटर पुर्व तर्फ रहेको एकतले गोठमा आराम गरी रहेको र साथीहरुले उठाउन खोज्दा मृत अवस्थामा फेला परेको स्थानियले जानकारी दिए । उक्त खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

Comments

comments

Comments are closed.