गुल्मीमा संशोधन प्रस्तावको बिरुद्धमा कालो झण्डा सहित धर्ना र प्रर्दशन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस २० । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा बुधवार कालो झण्डा सहित प्रर्दशन गरिएको छ ।

सरकारले संशोधन प्रस्ताव फिर्ता गराउन दवाव दिन भन्दै संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा जिल्ला प्रशासन अगाडी दिसो १ बजे देखि २ बजे सम्म धर्ना सगै नागरिकहरुले हातमा कालो झण्डा लिएर नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।
संघर्ष समितिको विरोध कार्यक्रम अन्र्तगत आन्दोलनको ३६ औं दिनमा नारावाजी सहित जिल्ला प्रशासन कार्यालय अगाडी कालो झण्डा देखाउँदै ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर जस्ता नाराहरु लगाउँदै प्रर्दशन गरेका थिए ।
विरोध कार्यक्रममा प्रर्दशन पछी कोणसभामा बोल्ने नेताहरुले सरकारले सिमाङकन हेरफेरको प्रस्ताव अगाडी वढाए आन्दोलनका कार्यक्रमहरु पनि थप शसक्त रुपमा अगाडी बढने बताए । उनीहरुले जनताको भावना बिपरित ल्याइएको प्रस्ताव अबिलम्ब फिर्ता लिएरअगाडी बढन सरकारलाई आग्रह गरेका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धतामा चरण बद्ध आन्दोलन हुदै आएको छ ।

Comments

comments

Comments are closed.