गुल्मीमा वि.पी. जयन्ती मनाईयो

  •  
  •  
  •  
  •  
  •  

प्र्रेम सुनार

गुल्मी, भाद्र–२४ । १०३ औं वि.पी. स्मृति दिवस नेपाली कांग्रेस गुल्मीले आज एक वृहत गोष्ठीका साथ मनाएको छ । सो पार्टीको जिल्ला पार्टी कार्यालय वि.पी. स्मृती भवन तम्घासमा स्वर्गिय संस्थापक नेता विशेस्वर प्रसाद कोईरालाको ब्यक्तित्व र कृतृत्व विषयक विचार विमर्श गोष्ठीको आयोजना गरी कांग्रेसले बि.पी. जयन्ती मनाएको हो । bp-koiralaगोष्ठीको उद्घाटन सत्रमा बि.पीको तस्वीरमा माल्यणपर्ण र उनि प्रति श्रद्धा समुन अर्पर्ण गर्दै सुरु गरिएको विचार विमर्श गोष्ठीका वक्ताहरुले स्वर्गिय नेता बिशेस्वरप्रसाद कोईरालाद्धारा परिष्कृत शिद्धान्त अहिलेको सन्धर्भमा पनि सवै राजनैतिक दलहरुका लागि अनुशरणीय रहेको धारणा राखेका थिए ।

निरङकुश राजतन्त्र संग टक्कर लिएर नेपालमा प्रजातन्त्रको विजारोपण गर्र्दै नेता कोईरालले आजको पिढीलाई लोकतान्त्रिक गणतन्त्रको बाटो सम्म ल्याई पुराउने उर्जा दिएको सहभागीहरुले विमर्श गरेका थिए । नेपालमा साहित्यीक विकासको जग समेत स्वर्गिय नेता वि.पी रहेको उल्लेख गर्दै वक्ताहरुले उनको कृतिले समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

कार्यक्रममा जिल्ला न्यायधिश मातृकाप्रसाद कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा एमाले , नेकपा माओवादी केन्द्र, अन्य विभिन्न राजनैतिक दलका नेता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थी, सशस्त्र प्रहरी वल गुल्मका गुल्मपति डिएसपी दिपविजय सुवेदी लगायतका सरकारी कार्यालयका प्रमुख र सो पार्टीका नेताहरुको समेत विशेष आतिथ्यता रहेको थियो ।

स्वर्गीय विपीको राजनैतिक र साहित्यीक यात्रबारे शिक्षाविद् दीन पन्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य अनन्तराम पौड्यालको स्वागत मन्तव्य र अर्का जिल्ला सदस्य थम्मन केसीको सञ्चालन रहेको थियो ।

गुल्मीमा झण्डै ३ सय मे.टन मकै विउ उत्पादनको लक्ष्य

प्र्रेम सुनार

गुल्मी, भाद्र–२४ । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृषकहरुलाई ३० मेट्रिक टन वितरण गरेको र २० मेट्रिक टन जिल्ला वाहिर वितरण गरिएको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ पाण्डेले भने यस आर्थिक् वर्षमा २ सय ९२ मेट्रिक टन विउ उत्पादनको लक्ष्य लिईएको बताए ।

उनले जिल्लाभर २ सय ९२ हेक्टर क्षेत्रफलमा प्रति क्षेत्रफल न्युतम एक मेट्रिक टन विउ उत्पादन गर्न कृषकहरुलाई कडाई गरिएको जानकारी दिए । पहाडी भुभाग गुल्मीमा विउ उत्पादनको सम्भावना राम्रो भएको र केहि चुनौती समेत रहेको बताए । आज विउ विजन उत्पादन अगुवा कृषकहरु विच विउको माग एवं वजारिकरण अन्तरकृया कार्यक्रमको आयोजना गरी सो कार्यालयले उत्पादन क्षमताका विषयमा चासो समेत लिएको थियो ।

जिल्लाका तिन वटै क्षेत्रका अगुवा कृषकहरु सहभागी भएर आ–आफ्ना समस्य र उत्पादनको परिमाणका विषयमा रिर्पोर्टिङ्ग समेत गरेका थिए ।

कार्यक्रममा सो कार्यालयका गुल्मी उद्योग वाणिज्य संग अन्तरगत किशानका लागि उन्नत विउ विजन कार्यक्रमको संयोजन गरिरहेका संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, सोही कार्यालयका फोकलपर्शन दामोदर भुसाल , कृषि प्रचार अधिकृत रणबहादुर महत्तो , विउ उत्पादन सञ्जालकी जिल्ला संयोजक मिरा चौथरी , अर्का संयोजक कृष्णप्रसाद अर्याल लगायतको सहजकीरण गरेका थिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *