अपराध

गुल्मीमा वडाध्यक्षकै वाईक चोरियो, चुनावी रिसईबीको आशंका

प्रेम सुनार
गुल्मी, साउन १९ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीको वाईक गए राती चोरी भएको छ । लु१७प ७१८ नम्वरको एकसय पचास सिसी पल्सर वाईक गुल्मी दरवार गाउँपालिका ७, फेँदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट गए राती चोरी भएकोले सञ्चार माध्यमको सहयोग मागेको वडाध्यक्ष खत्रीले बताए ।

उक्त वाईक मेरो भाई लोकेन्द्रको नाममा छ, वडाध्क्ष खत्रीले भने –‘दरवार देविस्थान प्रहरीमा विहान खोजतलासका लागि उजुरी दिए पनि अहिले सम्म फेला नपरेका कारण सञ्चार माध्यमको साहरा लिनु परेको हो ।’

“वस्नेतको पसलमा तिन वटा वाईक चाँवी लगाएको अवस्थामा राखिएको थियो”, वडाध्क्ष खत्रीले भने, “त्यस मध्य आफ्नै वाईक मात्र चाँपी फुकालेर लैजानुले चुनावी रिसईवी हो कि भन्ने शंका लागेको छ ।”

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।