गुल्मीमा ल्याण्डलाइन फोन र एडिएसएल नेट अबरुद्ध

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी माघ १७ । फाईवर तारमा समस्या आएपछी गुल्मीमा ल्याण्डलाइन फोन र एडिएस एल नेट अबरुद्ध बनेको छ । सोमबार बिहान देखि फोनमा समस्या आउदा जिल्लाको सदरमुकाम तम्घासमा रहेका ल्याण्डलाएन फोन र एडिएसएल नेटमा समस्या आउदा सेवाग्रही समस्यामा परेका छन् ।

अर्घाखाँचीको किम डाँडा भन्ने स्थानमा फाईवरमा समस्या आएपछी सदरमुकामका टेलिफोन र नेटमा समस्या आएको टेलिकम गुल्मीका निमित्त प्रमुख शंकर सुवेदीले जानकारी दिए ।
टेलिकम गुल्मीका निमित्त प्रमुख सुबेदीका अनुसार किमडाँडा भन्ने स्थानमा फाईवरमा समस्या आएपछी प्रबिधिक टोलि खटिएको बताए । ल्याण्डलाइन फोनमा समस्या आएपछी सदरमुकामका झण्डै ११ सय फोन र ४ सय एडिएसएल नेटका सेवाग्रही समस्यामा परेका छन् । नेटसेवा बन्दहँुदा सञ्चालर माध्यम, बैक तथा बितिय संस्थाहरु प्रत्यक्ष मारमा परेका छन् ।

Comments

comments

Comments are closed.