गुल्मीमा राजनैतिक दलहरुका नेताहरु घर-घरमा पुग्दा पनि मतदाता भेट्टाउनै ग्राह्रो

  •  
  •  
  •  
  •  
  •  

गुल्मी जेष्ठ २८ । दोश्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन थालेका छन् । कुल १ लाख ८० हजार ७ सय पचहत्तर मतदाता संख्या रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका रहेका छन् । प्रमुख ठुला दल नेपाली कंग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र आ–आफ्नो चुनावी अभियानका साथ घरदैलो अभियान गरिरहेका छन् ।

यता स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा कृषक वर्ग भने खेत बारीमै व्यस्त देखिएका छन् । चुनावप्रसारका लागि भोट माग्न मतदाताको घरमै पुग्दा समेत मतदाताहरु नभेटिएको नेताहरुको गुनासो छ । मानो रोपी मुरी फलाउने यो समयमा नेताहरुसँग भेटघाट भन्दा पनी खेति किसानमै आफुहरु व्यस्त रहेको किसानहरु बताउँछन् ।

यतिबेला मालिका गाउँपालिका तथा आसपासका क्षेत्रहरुमा धानको विउ राख्ने मकै खन्ने खेतको बाझो मार्ने जस्ता महत्वपुर्ण काममा धमाधम भइरहेकाले उक्त स्थानका कृषकहरु खेति किसानीमै वस्ता भएका हुन् । वर्षा शुरु भए धान राप्ने समेत तयारी भएको उनीहरुको भनाई रहेको छ । यता मतदाता शिक्षा दिदै हिडेका मतदाता शिक्षा कार्यकर्ताहरु पनी मतदाताहरुको घरमा पटकपटक पुग्दा पनि भेटाउन नसक्ने गुनासो गरेका छन् ।

साथै मतदाताको घरमै पुगेको प्रमाण निर्वाचन कार्यलयलाई बुझाउनु पर्ने भएकाले पनी पटकपटक मतदातको घरमा पुग्ने गरेको उनीहरुको भनाई रहेको छ । उच्च पहाडी क्षेत्रका किसानहरु वर्षादकै प्रतिक्षामा रहेका छन् । साथै धान रोपेपछि मात्र चुनावी प्रचारप्रसारमा लाग्ने कृषकको भनाई छ । किसानका लागि चुनावी चहल पहल भन्दा पनि किसानीको चहलपहल बढदै गइरहेको सहकर्मी राजेन्द्र पन्थीले खबर पठाउनुभएको छ । – रेडियो रेसुङ्गा

Comments

comments

Comments are closed.