गुल्मीमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, वैशाख ३ – स्थानीय तहको चुनावका लागि गुल्मीमा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएका जिल्ला न्यायाधीश मातृका प्रसाद मरासिनीले राजनीतिक दल एवं संचारकर्मीहरुको उपस्थितीमा अदालत परिसरमा कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत मरासिनीले कार्यालय स्थापनासँगै जिल्लामा चुनावी माहोल सुरु भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले चुनावलाई व्यवस्थीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरुलाई चुस्त दुरुस्त रुपमा राखिएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको चुनावका लागि जिल्लामा दुई नगरपालिका र १० गाउँपालीकामा १ सय ३८ मतदान स्थलहरुमा २ सय ५३ मतदान केन्द्रहरुको संख्या निर्धारण गरेको छ । गुल्मीमा हाल १ लाख ८५ हजार ७ सय ८ मतदाताहरु छन् ।

Comments

comments

Comments are closed.