गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु, एक जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, बैशाख २८ । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको मजुवा नजिकै वढीघाट खोलामा माुल्छा मार्ने क्रममा जालमा अल्जीएर गुल्मी दरबार गाउँपालिका १ बलिथुमका २५ वर्षिय युवराज रजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भोला रावलले जानकारी दिए ।

खोलामा माछा मार्न जाल खेलीरहेका रजाली जालमा अल्झिएर खोलामा ढुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सोहि खोलामा पौडी खेल्ने क्रममा एक जना वालक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिकाको मजुवा पुलक मुखा भन्ने स्थानमा पौडी खेल्ने क्रममा दवार गाउँपालिका वडा नं. १ बलिथुम निवासी १३ वर्षिय राजेन्द्र परियारको बगेर बेपत्ता भएको प्रहरी उपरिक्षक (एसपी) रावलले रावलले जानकारी दिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका वाललको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

Comments are closed.