गुल्मीमा भिरबाट लडेर एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

गंगा भण्डारी
हुँगा छत्रकोट, बैशाख–२३ । खानेपानी योजना मर्मत गर्ने क्रममा गुल्मी हुँगाका एक जना समाज सेवीको भिरबाट लडेर आज मृत्यु भएको छ । हालको छत्रकोट गाउँपालिका १ , हँुगाका ५९ वर्षिय समाज सेवी देविप्रसाद पाण्डेको निधन भएको श्रृंङ्गा प्रहरी चौकीले जनाएको छ ।
खानेपानीको मुहानमा पुगेर मर्मत गर्ने क्रममा सल्लीपिरलमा चिप्लीएर चार सय मिटर तल खसेका पाण्डे घटना स्थलमै मृत्यु भएको स्थानिय अनन्तराम भण्डारीले जानकारी दिए । उनि डाङ्गे्र हुँगा खानेपानी योजनामा गत दुई वर्ष देखि मर्मत सम्भारमा कार्यरत रहेको जनाईएको छ ।
पाण्डे लामो समय देखि नेकपा एमालेका सक्रिय कार्यकर्ता थिए । नेकपा एमालेले पाण्डेका पार्थीव शरिरमा आजै पार्टीको झण्डा ओढाएर रिडीमा सम्मान सहित अन्तिम विदाई गरेको छ ।

Comments

comments

Comments are closed.