गुल्मीमा बैशाख २८ देखि भारतिय भुपुलाई पेन्सन बितरण

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी बैशाख २७ । गुल्मीमा भारतिय सेनाबाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन बिहिवारबाट बितरण गरिने भएको छ । भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्पको तालिका अनुसार गुल्मीमा बैशाख २८ गते अर्थात बिहिवारबाट बितरण गरिने भएको जिल्ला शैनिकबोर्ड गुल्मीले जनाएको छ ।

स्थानिय निर्वाचनले गर्दा फेरबदल भएपनि गुल्मीमा पुरानै तोकिएकै मिति बैशाख २८ गते देखि जेठ ९ गते चल्ने जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए । अबकाश प्राप्त भुपुलाई प्रत्येक वर्षको ६÷६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ ।  सदरमुकाम तम्घासमा बितरण हुने  गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची ,प्युठान लगायतका ठाउँका भुपुहरु करिव ७ हजार भन्दा बढीले पेन्सन क्याम्पमा बुझ्ने थापाले बताए । पेन्सन क्याम्प चल्ने भएसगै बुधवारबाटै तम्घासको बाख्रेछेडा बजारमा चलहपहल बढेको छ । क्याम्पलाई मध्यनजर राखेर स्थानिय तथा जिल्लाबाहिरबाट बिभिन्न व्यापार लिएर तम्घास आउने गर्नाले पनि चपहपहल वढने गर्दछ ।

Comments

comments

Comments are closed.