समाचार

गुल्मीमा बाटो नखुलेपछी स्थानियले गरे नाग पुजा, रिडी-तम्घास सडक अझै बन्द

अनिल खत्री
गुल्मी, असोज १८ । सुख्खा पहिरोले अवरुद्ध बनेको गुल्मीको तम्घास–रिडी सडक एक ९ बित्दा सञ्चालनमा नआएपछी स्थानियले पुजा गरेका छन् । गत सोमबारबाट रेसुंगा नगरपालिका १३ स्थित भंगारीमा निरन्तर ठुलो पहिरो खसेपछि बन्द सड्कमा सवस्थानियले देवताको शक्तीले गर्दा पहिरो खसेको भन्दै नियन्त्रण होस भन्दै पुजा गरेका छन् ।

सड्क खुलाउन काम भइरहेपनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछी स्थानियले नाग देवता र सिद्ध देवताको पुजा गरी मन्दी बनाउने बताएका । सोहि स्थानमा सड्क बिस्तारको क्रममा पटक पटक नाग निस्कीएको र मारेकोले दुख दिएका हुन कि भन्ने उदेश्यले रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । सड्क बिस्तारको क्रममा सवारी दुर्घटना भएकोले देवताको शक्तीले पहिरो रोकियोस भनेर स्थानियले पुजा गरेको छन् ।

पहिरो हटाउन सदरमुकाम तम्घासमा रहेका साना मेसिनले पहिरो पन्छाउन नसकेपछि पाल्पाबाट मगाइएको ठूलो स्काभेटर प्रयोग गरेर बाटो खुलाउने काम भइरहेको छ । सडक बन्द सँगै दशैं मनाउन आएका यात्रु तथा सवारी साधानहरु अलपत्र परेका छन् । निकै शास्ती र कष्टपूर्ण यात्रा गर्दै गनतव्यमा लाग्ने गरेका छन् ।

बन्द सड्क खुलाउन निरन्तर स्काभेटर प्रयोग गरेपनि पहिरो खस्ने क्रम जारी रहेकाले सड्क सुचारु हुन नसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए । सड्क माथीबाट ठुलो पहिरो खस्ने गरेकाले सड्क सुचारु गर्न कठिनाई भएको छ । सानो पहिरो भएकाले पन्छाउँदै सडक खुलाइए पनि बुधबारदेखि पूर्णरुपमा बन्द हुँदै आएको छ । सड्क ख्लाउने क्रममा केहि सवारी साधनहरु जोखिम मोलेरै पार गर्ने गरेका छन् ।

बाटो बन्द भएपछि दशैं मान्न घर जानेहरु बढी मर्कामा परेका छन् । बाटो बन्द भएपछि केही यात्रुहरुले वैकल्पिक सडक प्रयोग गरे पनि केही पैदलै गन्तव्यतर्फ लागेका थिए । सड्क बन्दसँगै गुल्मीबाट सिमीचौर, खज्र्याङ्ग, रिडीहुँदै जाने गरेका छन् त्यस्तै रेसंगा झिरवास हुँदै जाने गरेका छन् । केहि सवारी साधनहरु गुल्मीबाट अर्घाखाँची हुँदै जाने गरेका छन् ।

तेल, ग्यास, दुध, तरकारीको अभाव

तत्काल बाटो सुचारु हुन नसके पेट्रोलियम पदार्थ,ग्यास, दुध र तरकारीको अभाव देखिने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय जानकारी दिए । बाटो बन्दको मौका छोपी कसैले कालो बजारी वा अनाबश्यक वढीमुल्य लिएर बिक्री बितरण नगर्न आग्रह गरिएको पाण्डेयले जानकारी दिए । दशैंका लागि ल्याइएका लाखौंका फलफूल तथा तरकारीहरु ढुवानी गर्न नसक्दा बिग्रिएका थिए । व्यापारीहरुले बाटो खुलाउन र यसको दिर्घकालिन समाधान खोज्न आग्रह गरेका छन् ।

बैकल्पीक मार्ग खोज्दै

सड्क बन्द सँगै बैकल्पीक मार्गको लागी गुल्मीका प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्जिनियर सहितको सरोकारवालाको टोलीले सिमीचौर खज्र्याङ्ग, रिडी सड्कको अनुगमन गरेका छन् । उक्त सड्कबाट बस लगायत ठुला सवारी साधनहरु सञ्चालनको लागी अध्यायन गरिएको प्रजिअ गोपाल अर्यालले जानकारी दिए ।

बाटो खुलाउन दैनिक सड्कमै
पहिरोले शास्ती दिएसँगै गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदी, रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, शसस्त्र प्रहरी वल प्रमुख प्रेमप्रकास सिग्देल,ट्राफिक प्रहरी लगायतको टोली दिनहुँ सड्क खुलाउन सड्कै वास हुन थालेको छ । सड्क खुलाउन र यसको दिर्घकादिन समाधान बारे छलफल हुँदै छ रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले भने ‘पहिरोबाट माननिय क्षती हुन नदिन हामीले ध्यान पुर्याएका काम गर्ने सोचमा छौं ।’ दशैंको मुखमा प्रकृतिक बिप्पत्तीले जनतालाई दुख दिएको प्रति आफनो ध्यान गएकोले जतिसक्तो छिटो सुचारु गर्ने तर्फ रहेको नगर प्रमुख भुसालले बताए ।

दिर्घकालिन समधान खोज्नुपर्छ
अहिले सडक खुल्ने र बन्द हुनेक्रम भएपनि सड्क माथी ठुलो जमिन फाटेकाले दिर्घकालिन समाधानको लागी सम्भावना खोज्नुपर्ने गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले बताए । केहि हद सम्म सड्क खुलाउने र सवारी साधानहरु आवत जावत गराएपनि निकै ठुलो जोखिम रहेकाले दिर्घकालिन अध्यायन तर्फ लागौं प्रहरी उपरिक्षक द्धिबेदीले भने ‘अब यसको उपाए बारे अध्यायन गर्न जरुरी देखिन्छ ।’

भौगोलिक अबस्था अध्यायन बिना सड्क बिस्तार
उक्त सडक एक वर्ष पहिले बिस्तार गरिएको थियो । सडक बिस्तारको क्रममा भौगोलिक अवस्था नहेरी डोजरले कटान गर्दा अहिले ठूलो पहिरो झरेर समस्या झेल्नु परेको स्थानीयको गुनासो छ । स्थानीयबासीले भंगारीको पहिरोलाई विगतमा पृथ्वी राजमार्गको कृष्णभीरमा झर्ने पहिरोसँग तुलना गर्ने गरेका छन् । खन्नै नहुँने ठाउँमा बाटो बिस्तार गरिएकोले अहिले झनै ठुलो समस्या झेल्नु परेका बताउँछन् । पहिरो गएको स्थान नजिकै पहिले देखि पहिरो खस्ने र सड्क बन्द हुँने गर्दथ्यो ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।