गुल्मीमा फरी अर्को वेवरिसे शव फेला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन–२७ । कालिगण्डकीमा एउटी किशोरीको वेवरिसे शव फेला परेको दुई दिन नवित्दै फेरी गुल्मीमा अर्का युवाको शव आज विहान फेला परेको छ । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार रेसुङ्गा नगरपालिका–४ अर्खलेको रेग्मीखर्क भन्ने भिरमा अन्दाजी ३५ वर्षिय युवाको वेवरिसे शव फेला परेको हो ।

कालो हुट ज्याकेट कालो पाईन्ट लगाएको कालो रङ्गको व्यक्ति भएको यादवले बताए । एता ठुलोलुम्पेक–८ स्थित कालिगण्डकी नदि किनारमा अन्दाजी १६ वर्षिया किशोरीको शव फेला परेको दुई दिन वित्दा पनि पहिचान हुन नसकेको प्रहरीले जनाएका छ ।

Comments

comments

Comments are closed.