गुल्मीमा प्रमुख पदमा ७ जनाको स्वतन्त्र उम्मेदवारी, कहाँ कस्ले दिए उम्मेदवारी

  •  
  •  
  •  
  •  
  •  

४ असार, गुल्मी । दोस्रो चरणमा असार १४ गते हुने स्थानीय चुनावका लागि आइतवार गुल्मीमा ७ जनाले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा ७ जनाको प्रमुखमा उम्मेदवारी परेको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा सबैभन्दा धेरै मेयर पदमा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अजय पन्थी, नन्दराम राना र नित्यानन्द पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यस्तै गाउँपालिकाको अध्यक्षमा ४ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धुर्कोट गाउँपालिका शान्तबहादुर केसी, गुल्मी दरवारमा पदम बहादुर घर्ती, रुरु गाउँपालिका शम्भु गौतम र कालिगण्डकीमा रेशमराज न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Comments

comments

Comments are closed.