गुल्मीमा प्रदेश नं ५ टुक्राउनु बेठीक पक्षमा जनमत

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस ८ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीको सदरमुकाम तम्घासमा नमुना जनमत संग्रहको मत गणना सम्पन्न भएको छ । संयुक्त यूवा बिद्यार्थीको आयोजनामो प्रदेश नं. ५ बाट पहाडि जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरुलाई टुक्राउने गरी नेपाल सरकारले संसदमा पेश भएको संविधान संसोधन प्रस्तावको पक्ष वा विपक्षमा नमुना मतदान भएको थियो । मंसिर ३० गते सम्पन्न नमुना मतदानमा कुल ५हजार १ सय १० मत खसेको थियो । मत गणना अनुसार टुक्राउनु बेठिक पक्षमा ५ हजार ८ मत खसेको छ भने टुक्राउनु ठिक पक्षमा ४९ मत खसेको थियो भने ५३ मत बदरभएको संयुक्त संघर्ष समिति गुल्मीले जनाएको छ ।
नमुना मतदानमा गुल्मीका बिभिन्न व्यक्ति, युवा बिद्यार्थी लगायत स्थानियले स्वतस्फूर्त रुपमा उपस्थित भई आफनो मत दिएका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ । संघर्ष समितिले पुस ९ गते मध्यन्न १२ बजे देखि २ बजे सम्म २ घण्टा चक्का जाम गर्दै छ ।

Comments

comments

Comments are closed.