गुल्मीमा प्रदेश नं ५ टुक्राएको बिरोधमा जिल्ला प्रशासन कार्यालय सहित अधिकांश कार्यालयमा तालाबन्दी र प्रर्दशन

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस १ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीको सदरमुकाम जिल्ला प्रसान कार्यालय गुल्मी सहित अधिकांश कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रर्दशनकारीले आन्दोलनको कार्यक्रम अन्र्तगत आमहडताको पहिलो दिन जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरी प्रमुख जिल्ला अधिकारी सहित कुनै पनि कर्मचारीलाई प्रबेश गर्न रोकलगाएका छन् । संयुक्त आन्दोलनरता समिती गुल्मी र स्थानिय वासीले गरेको आन्दोलनका कारण बिहानै देखि गुल्मीमा प्रर्दशन भइरहेको छ ।
बिहानै देखि प्रर्दशनमा उत्रीएका बन्दकर्ता प्रसासन अगाडी रहेको प्रदेस नं. ५ को कार्यालय गुल्मीको बोर्ड जिल्ला प्रशासन कार्यालय गुल्मीको बोड नजिकै राखेका छन् । बोर्डराख्ने क्रमम केहिबेर प्रर्दशन कारी र प्रहरीबिच धकेला धकेल समेत भएको थियो । प्रर्दशनकारीले प्रशासनको मुल गेट अगाडी नाराबजी सहित धर्नादिदै आएका छन् । गुल्मीमा जिल्ला प्रशासन कार्यालय सहित, जिल्ला बिकास समितिको कार्यलय, नापी कार्यालय, मालपोतकार्यालय, जिल्ला शिक्षा कार्यालय, सिंचाइ कार्यालय, बिद्युत कार्यालय लगायतका अधिकांश कार्यालयमा तालाबन्दी सहित प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रर्दशनकारीले नाराबाजी गरिरहेकोले ठुलो संख्यामा प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ ।
गुल्मीमा १७ दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बनेको छ । लगातारको बन्दले सर्बसाधारणको दैनिक कष्टकर बन्दै गएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । बन्दबाट आजबाट तिनदिन गुल्मीमा शैक्षिक संस्थाहरुपनि ब्नद भएका छन् । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ,पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ । गुल्मीमा बिहिवार भएको नमुना जनमत संग्रहको मतगणना आजै गरिदैं छ ।

Comments

comments

Comments are closed.