गुल्मीमा पनि सहकारी दिवस मनाईयो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, चैत्र–२० । ६० औं राष्ट्रिय सहकारी दिवस आज देशका विभिन्न जिल्लामा मनाईए जस्तै गुल्मीमा पनि एक भव्य समारोका विच मनाईएको छ । सहकारी सम्वन्धी जनचेतानात्क नाराहरु लगाउँदै सदरमुकाम तम्घास वजारमा प्रभातफेरी कार्यक्रम सकेर वालमन्दिर प्राङ्गाणमा भएको सहकारी दिवस समारोहमा उत्कृष्ट सहकारीकर्मीहरुलाई सम्मान गरिएको थियो ।

गुल्मी जिल्लाका उत्कृष्ट सहकारीकर्मीका रुपमा पाल्पा डिभिजन सहकारी संस्थाले ३ जना व्यवस्थापकहरुलाई सम्मान गरेको छ । उत्कृष्ट सहकारीकर्मी नवदुर्गा कृषि सहकारी संस्था दिगमका व्यवस्थापक भुपाल थापा , चन्द्रकोट वचत तथा ऋण सहकारी संस्था शान्तिपुरका व्यवस्थापक किशन पुन र जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज अर्याल सम्मानित भएका हुन् ।

त्यस्तै जिल्ला सहकारी संघ गुल्मीले जिल्लाका तिन वटा सहकारी संस्थाका व्यवस्थापकहरुलाई उत्कृष्ट सहकारीकर्मीका रुपमा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अमरकल्याण महिला वहुउद्देश्यीय सहकारी संस्था तम्घासकी व्यवस्थापक अञ्जु पन्थी , जिल्ला सहकारी संघका व्यवस्थापक प्रकाश पन्थी र देउराली वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पार्वती अधिकारी सम्मानित भएका हुन् ।

त्यस्तै जिल्लाका सहकारी संस्थाहरु पनि उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा भागीरथ सहकारी संस्था दिगाम र भुपु सैनिक सहकारी संस्था शान्तिपुर उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित भएका हुन् ।सम्मानित संस्थाका  प्रतिनिधि हरुलाई दोसाल्ला प्रमाण पत्र सहित नगद पुरस्कारले समेत सम्मान गरिएको थियो । सहकारी दिवसको अवसरमा सहकारी सम्वन्त्री गीत नृत्य प्रस्तुत गरेर मनोरञ्जन र ज्ञान प्र्रदान समेत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघ सञ्चालक समिति सदस्य दक्ष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो भने उपभोक्ता केन्द्रिय संघका उपाध्यक्ष गोविन्द पौड्यालको विशेष आतिथ्यता रहेको थियो ।

Comments

comments

Comments are closed.