गुल्मीमा पनि व्यक्तिगत घटना दर्ता अव अनलाईनबाटै, ३५ दिन भित्र दर्ता गरे एक हजार पुरस्कार

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, बैशाख–२४ । गुल्मीको रेसुङ्गा नगरपालिकामा आज देखि नगरवासीका व्यक्तिगत घटना अनलाईनबाटै दर्ता गर्न सकिने सुविधा सुरु भएको छ । विद्युतिय माध्यमद्धारा व्यक्तिगत घटना दर्ता गर्न पाउने सुविधाको आज गुल्मीका प्रमुख जिल्ला अधिकारी ्कृष्णप्रसाद ढुङ्गानाले नगरपालिका कार्यालयमा पुगेर शुभारम्भ गरेका थिए ।

जन्म दार्ता , मृत्यु दर्ता , विवाह दर्ता , वसाई सराई र सम्वन्ध विच्छेद्लाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ । यो सेवा अव जिल्ला र देश वाहिर वस्ने नेपालीहरुले पनि अनलाईन मार्फत लिन सक्ने प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले जानकारी दिए ।
पहिलो पटक रेसुङ्गा नगरपालिका बाट सुरु भएको यो सेवा सरकारले क्रमशःहरेक नगर र गाउँपालिका सम्म पुराउने लक्ष्य लिएको उनले बताए । विद्युतिय माध्यमबाट पहिलो लाभग्राही बन्ने अवसर प्राप्त गरेका छन् रेसुङ्गा नगरपालिका–७ सोता गाउँका १३ वर्षिय गुणानिधी पाण्डेले ।
उनकी आमा पुष्पा पाण्डेले आज छोरा गुणानिधीको विद्युतिय माध्यमद्धारा जन्म दर्ता गराएकी हुन् । पहिलो लाभग्राही पाण्डे आमा छोरालाई विद्युतिय माध्यमद्धारा गराईएको जन्म दर्ता प्रमाण पत्र हस्तान्तरण गर्दै प्र.जि.अ. ढुङ्गाना र नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले बधाई स्वरुप उनिहरुलाई अविर पहिराई दिएका थिए ।
शुभारम्भ कार्यक्रममा नगर विकास समितिका अध्यक्ष अखिलेश्वर पाण्डे , गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ईस्वरीप्रसाद पौड्याल , नगर सरसफाई तथा वातवरण संरक्षण समितिका अध्यक्ष रामप्रसाद पन्थी , पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल , भु–संरक्षण अधिकृत विष्णुप्रसाद पोखरेल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायव सुव्वा गोपालप्रसाद पन्थीले विद्युतिय माध्यबाट आज देखि सुरु भएको सेवाका वारेमा प्रकाश पारेका थिए भने कर्मचारी राधिका पाण्डेले कार्यक्रमको सहजीकरण गरेकी थिईन् ।

३५ दिन भित्र दर्ता गरे एक हजार पुरस्कार
कार्यकारी अधिकृत गौतमले दलित र जनजाती जन्मेको , मृत्यु भएको , विवाह गरेको , वसाई सराई गरेको र सम्वन्ध विच्छेद गरेको ३५ दिन भित्र आएर दर्र्ता गरे एक हजार रुपैयाँ नगद पुरस्कार समेत दिईने जानकारी दिए । सरकारले यो सुविधा प्रत्येक गाउँपालिका सम्म दिएको उनले बताए । दलित जनजातिलाई एक हजार नगद पुरस्कार र अन्यलाई निशुल्क सेवा प्रदान गरिने गौतमले जानकारी दिए । उनका अनुसार ३५ दिन नाघेमा न्युनत रकम जरीवाना हुने व्यवस्था समेत रहेको छ ।
 

आमा एक्लैले सन्तनको जन्म दर्ता गराउन पाउने
वावुको पत्तो नागेका वा लागेर पनि स्वीकार नगरेर सन्तानको जन्म दर्ता गराउनबाट हाल सम्म कैयौं आमा र उनका सन्तान वेवरिसे वनि रहेका वेला अव देखि सरकारले त्यस्ता आमाहरुबाटै सन्तानको जन्म दर्ता गराउन पाउने व्यवस्था गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले जन्केको कुनै प्रमाण विना नै आमाले आफ्नो सन्तानको जन्म दर्ता हरेक नगर र गाउँपालिकाबाट गराउन पाउने माथीबाट परिपत्र आएको जानकारी दिए । सरकारले ल्याएको यो व्यवस्थाबाट अव कुमारी आमा वा अन्य कारणबाट जन्म दर्ता गराउन नसकेका सन्तान र उनका आमाहरु लाभान्वित हुने भएका छन् ।

Comments

comments

Comments are closed.