गुल्मीमा धान उत्पादन कमी

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी पुस १२। गुल्मीमा यो वर्ष धान उत्पादन कमी आएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा यो वर्ष धान उत्पादनमा कमी आएको हो ।

जिल्लाको बिभिन्न ठाउमा रहेको कुल १० हजार ५७ क्षेत्रफलमा लगाईएको धान वालिमा यस वर्ष २५ हजार ३ सय ५५ म्याट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्राबिधिक सहायक सोमबहादुर रानाले जानकारी दिए ।

गुल्मीको छल्दी फाटमा लगाइएको धान, तस्विर : अनिल खत्री

गत वर्ष जिल्लामा १० हजार ४ सय ३२ क्षेत्रफलमा २६ हजार २ सय ५६ म्याट्रिक टन धान वालि उत्पादन भएको थियो । गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धान वालि उत्पादनमा कमी आएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । गुल्मी जिल्लामा गत वर्ष भन्दा यस वर्ष धान वालि उत्पादन बृद्धिदर घटनुमा मुख्य कारण उत्पादन योग्य जमिन बाझो रहेको कार्यालयले जनाएको छ । गतवर्षको तुलनामा यो वर्ष ३ सय ७५ क्षेत्रफल उत्पादन योग्य जमिन बाझो रहेकाले उत्पालनमा कमी आएको रानाको भनाई रहेको छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी जमिन बाझो हुँदै गएको प्राबिधिक सहायक रानाले जानकारी दिए ।
हाल जिल्लामा रामधान, खुमल चार, खुमल छ, खुमल दस, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा धान उत्पादनमा सघाउ पु¥याउन जिल्ला कृषि बिकास कार्यलय गुल्मीले बिउमा अनुदान, साना सिचाई सहकारी सिचाईमा सहयोग, बालि संरक्षण रोग कीरा नियन्त्रण, बिभिन्न तालिम सहित प्राबिधिक सहयोग सल्लाह दिदै आएकोे जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ भने ६ हजार ३ सय ९८ क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

Comments

comments

Comments are closed.