घटना-दुर्घटना

UPDATE: गुल्मीमा दुर्घटनामा मृत्‍यु हुनेको संख्या ११ पुग्यो

अनिल खत्री
गुल्मी, कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको मिनी माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुहोस्:

दुर्घटनामा ११ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै र २ जनाको पाल्पा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
micro crash in gulmi

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।