गुल्मीमा दिउँसै राँके जुलुस

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर १९ । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके जुलुस प्रदर्शन गरेर सरकार प्रति विरोध जनाएका छन् ।
यस अघिका आन्दोलनहरुमा साँझपख राँके जुलुस प्रदर्शन गरिदै आएकोमा यसपाली आन्दोलनलाई फरक रुप दिन दिउँसै राँके जुलुस प्रदर्शन गरिएको हो । तम्घासको लाकुरी मञ्चबाट सुरु भएको राँके जुलुस तम्घास वजार परिक्रममा गरी पुन लाकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो । प्रस्तुत छ कोण सभाका केहि झलकहरु:

gulmi julus

gulmi jillla julus
यस अघि दिउँसो पनि तम्घास वजारमा विरोध जुलुस निकालिएको थियो प्रस्तुत छ त्यसको पनि केहि झलकहरु
यसै विच भोली दिउँसो एक वजे तम्घासको चिदिचौरमा विशाल जुलुस हुने संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ
त्यस्तै गुल्मी जिल्लाका गाउँ गाउँमा पनि आन्दोलन तिव्र पारिएको समाचार प्राप्त भएको छ । पुकोटदहमा ७ गाविसका जनताले विरोध प्रदर्शन गरेको जनाईएको छ । यता ईस्मा, वामीटक्सार भेग, मजुवा , खैरेनी , शान्तिपुर रिडी वजेटक्सार लगायतका गाउँहरुमा पनि आन्दोलन चर्काएको हाम्रा प्रतिनिधीहरुले जानकारी दिएका छन् ।
आन्दोलनलाई थप सशक्त बनाउन आज दिउँसो संयुक्त जनआन्दोलन समिति गुल्मीले पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेको थियो । नेपाल पत्रकार महासंघको संयोजनमा गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा राखिएको भेटघाट कार्यक्रममा पत्रकारहरुले आफुहरु पनि आन्दोलनमो मार्चा मै रहेको बताउँदैै आन्दोलनलाई उर्जाशिल बनाउने समाचार लेखनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका थिए ।

Comments

comments

Comments are closed.