गुल्मीमा झण्डै ३ सय मेट्रिक टन मकैको विउ उत्पादनको लक्ष्य

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र २४ । जिल्ला कृषि विकास कार्यालय गुल्मीले यस आर्थिक वर्षमा जिल्लामा झण्डै ३ सय मेट्रिक टन उन्नत जातको मकैको विउ उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अघिल्लो आर्थिक वर्षमा जम्मा ५० मेट्रिक टन विउ उत्पादन गरेर जिल्लाका कृषकहरुलाई ३० मेट्रिक टन वितरण गरेको र २० मेट्रिक टन जिल्ला वाहिर वितरण गरिएको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ पाण्डेले भने यस आर्थिक् वर्षमा २ सय ९२ मेट्रिक टन विउ उत्पादनको लक्ष्य लिईएको बताए ।
उनले जिल्लाभर २ सय ९२ हेक्टर क्षेत्रफलमा प्रति क्षेत्रफल न्युतम एक मेट्रिक टन विउ उत्पादन गर्न कृषकहरुलाई कडाई गरिएको जानकारी दिए । पहाडी भुभाग गुल्मीमा विउ उत्पादनको सम्भावना राम्रो भएको र केहि चुनौती समेत रहेको बताए । आज विउ विजन उत्पादन अगुवा कृषकहरु विच विउको माग एवं वजारिकरण अन्तरकृया कार्यक्रमको आयोजना गरी सो कार्यालयले उत्पादन क्षमताका विषयमा चासो समेत लिएको थियो ।
जिल्लाका तिन वटै क्षेत्रका अगुवा कृषकहरु सहभागी भएर आ–आफ्ना समस्य र उत्पादनको परिमाणका विषयमा रिर्पोर्टिङ्ग समेत गरेका थिए ।
कार्यक्रममा सो कार्यालयका गुल्मी उद्योग वाणिज्य संग अन्तरगत किशानका लागि उन्नत विउ विजन कार्यक्रमको संयोजन गरिरहेका संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, सोही कार्यालयका फोकलपर्शन दामोदर भुसाल , कृषि प्रचार अधिकृत रणबहादुर महत्तो , विउ उत्पादन सञ्जालकी जिल्ला संयोजक मिरा चौथरी , अर्का संयोजक कृष्णप्रसाद अर्याल लगायतको सहजकीरण गरेका थिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *