जिल्ला समाचार

गुल्मीमा चालु तर्फ ९४ प्रतिशत र पूँजीगत तर्फ ८८ प्रतिशत बजेट खर्च

अनिल खत्री
गुल्मी, साउन २ । गुल्मीमा आर्थिक वर्ष २०७३÷०७४ मा चालु तर्फ ९४प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार पूँजीगत तर्फ ८८दशमलव ९० प्रतिशत खर्च भएको छ । कार्यालयले आइतवार साँझ पत्रकार सम्मेलन गर्दै जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्व ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको थियो । जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।

गत बर्ष एक अर्व १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुजीगत बजेटमा ९१ प्रतिशत अर्थात एक अर्ब छ करोड ५२ लाख पाँच हजार ६७ खर्च भएको थियो । यो प्रतिशत नेपालकै तुलनामा बढि छ । नेपालमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । त्यस्तै चालु तर्फ यो बर्ष पुँजीगत भन्दा छ प्रतिशत बढि खर्च भएको छ । जिल्लामा चालु तर्फ ४ अरब २६ करोड ९० लाख ९० हजार ४ सय ६० रुपया छुटाइएको थियो । जस मध्ये ४ अरब १६ करोड ६४ लाख ९ हजार ६ सय ७९ रुपया खर्च भएको कोष तथा लेखा नियन्त्रक शसिन्द्र खातीले जानकारी दिए ।

चालु तर्फ कुल बजेट मध्ये २५ करोड २४ लाख ४० हजार ७ सय ८१ रुपया फ्रिज भएको छ । कुल बजेटको ५ दशमलभ ९१ प्रतिशत खर्च हुन बाँकी रकम रहेको छ । जिल्लामा पूँजिगत तर्फ २ अरब ४४ करोड ११ लाख १ हजार रुपया कुल बजेट मध्ये २ अरब १७ करोड ३६ लाख ५ हजार ५ सय ५८ रुपया खर्च भएको छ । कुल बजेट मध्ये जिल्लामा यो वर्ष २७ करोड ७ लाख ५५ हजार ४ सय ४१ रुपया फ्रिज भएको नियन्त्रक खातीले जानकारी दिए । कुल बजेट मध्ये ११ दशमलव ०९ प्रतिशत रकम खर्च हुनबाँकी रहेको छ ।

राहदानीबाट राजस्व कमी

जिल्लामा गत वर्ष भन्दा यो वर्ष राहदानी राजस्वमा कमी आएको छ । गत आर्थिक वर्षमा ३ करोड ६४ लाख ८२ हजार ५ सय रुपया संकलन भएको थियो । चालु आर्थिक वर्षमा २ करोड ४९ लाख ८५ हजार संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीले जनाएको छ । गत वर्ष भन्दा झण्डै २२ सय कमले राहदानी बनाएका छन् । राहदानीको राजस्व हेर्दा चालु आर्थिक वर्षमा बिदेस जाने कम भएको हुनसक्ने आँकलन रहेको छ ।

बजेट खर्चदर बृद्धि

यस आर्थिक वर्षमा तम्घास सिमलटारी प्युठान सड्कले वढी खर्च गर्ने कार्यालयमा परेको छ भने कम खर्च गर्नेमा जिल्ला शिक्षा कार्यालय गुल्मी रहेको छ । तम्घास सिमलटारी प्युठान सड्कले १ अरब १९ करोड ४९ लाख ६८ हजार मध्ये १ अरब ११ करोड ५७ लाख ४८ हजार ८ सय ५० रुपया खर्च भएको छ ।

कुल बजेट मध्ये ७ करोड ९२ लाख १९ हजार १ सय ५० रकम खर्च गर्न बाँकी रहेको छ । कुल बजेटको ६ दशमलव ६२ प्रतिशत खर्चगर्न बाकी बजेट रहेको छ । कम खर्च गर्ने कार्यालयमा जिल्ला शिक्षा कार्यालय गुल्मीले रहेको छ । कार्यालयले ४३ करोड २४ लाख ६ हजार मध्ये ३२ करोड ४१ लाख ४सय ७७ रुपया खर्च भएको छ ।

कुल बजेट मध्ये १ करोड ८३ लाख ५ हजार ५ सय २३ रुपया खर्च गर्न बाँकी रकम रहेको छ । बजेटको २५ प्रतिशत खर्च गर्न बाकी रकम रहेका छ । धेरै बजेट मध्ये कम र बढी खर्च गर्ने कार्यालयमा पर्दछन् । जिल्लामा कम बजेट मध्ये भु संरक्षण कार्यालयले कम खर्च गरेको छ । कुल बजेट १ करोड ९८ लाख १९ हजार मध्ये १ करोड ८१ लाख १८ हजार ६ सय १५ रकम खर्च भएको छ । कुल बजेट मध्ये १७ लाख ३ सय ८५ रकम खर्च हुन बाँकी रहेको छ । बजेट मध्ये ८ दशमलभ ५७ प्रतिशत खर्च गर्न बाँकी प्रतिशत रहेको छ ।

कम बजेट मध्ये धेरै खर्च गर्ने कार्यालयमा खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय रहेको छ । कार्यालयले २५ करोड ५१ लाख ४९ हजार मध्ये २४करोड ३७ लाख ६१ हजार ६ सय २२ रुपया खर्च भएको छ । कुल बजेट मध्ये १ करोड १३ लाख ८७ हजार ३ सय ७७ रुपया खर्च गर्न बाकी रकम रहको छ ।

बजेट मध्ये ४ दशमलव ४६ प्रतिशत खर्च गर्न बाँकी प्रतिशत रहेको छ । जिल्लामा जिल्ला समन्य समिति गुल्मीले २१ प्रतिशत बजेट फ्रिज भएको छ । जिल्ला प्राबिधिक कार्यालय गुल्मीमा १६ प्रतिशत रकम फ्रिज भएको छ ।

जिल्ला सिचाई कार्यालय गुल्मीमा १९ प्रतिशत रकम फ्रिज भएको छ । कफि अनुसन्धान केन्द्रमा १५ प्रतिशत, नापी कार्यालयमा २९ प्रतिशत, जिल्ला वन कार्यालयमा १६ प्रतिशत, जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीमा २० प्रतिशत, जिल्ला अस्पताल गुल्मीमा ३७ प्रतिशत रकम खर्च गर्न बाँकी रहेको कोष तथा लेखा नियन्त्रक खातीले जानकारी दिए । कुल बजेट मध्ये महिला तथा वालवालिका कार्यालय गुल्मीले ३७ प्रतिशत रकम खर्च गर्न बाँकी रहेको देखिएको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।