गुल्मीमा चट्याङ लागेर एक जना बृद्धको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी बैशाख २६ । गुल्मीमा चट्याङ लागेर एक जना बृद्धको मृत्यु भएको छ । अबिर वर्षा सगै परेको चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका वडा नं. ४ अर्खाबाङ्ग निवासी ८० वर्षिय डोर बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

चट्याङ लागेर सोहि स्थानकै तिन जना युवा घाइते भएका छन् । घाइतेहुनेहरुमा १८ वर्षिय लोकेन्द्र केसी, १० वर्षिय सारदा केसी र १५ वर्षिय टिका केसी रहेका छन् । घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । घरमै बसेको अबस्थामा परेको चट्याङबाट बृद्धाको घटना स्थलमै मृत्यु भएको थियो ।

Comments

comments

Comments are closed.