गुल्मीमा गाविस सचिव सहित गेष्ट हाउस सञ्चालक जुवाखालबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  

तिलाचन पाण्डे
गुल्मी, ९ मंसिर । जिल्ला प्रहरी कार्यलय गुल्मीले ९४ हजार रुपैँया सहित जुवाडेलाई गुल्मी सदरमुकाम तम्घासको दिपक गेष्ट हाउसवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा हस्तिचौरका गाबिस सचिव नरवहादुर अर्याल सहित डोरबहादुर खत्री, राजु बिष्ट र रेखबहादुर जिसीलाई दीपक गेष्ट हाउसवाट बुधवार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलले जानकारी दिए ।
रावलका अनुसार यसरी प्रकाउ परेका गाविस सचिव सहितको जुवाडे टोलीलाई कानुन अनुसारको कारवाही हुने जानकारी दिए । सदरमुकामका होटलहरुमा दिनरात यसरी गाबिस सचिब शिक्षकहरु जुवा खेल्ने गरेको यस अगाडि पनि स्थानिय हरुले वताउदै आएका थिए । तर बिशेष सुराकीको आधारमा उनीहरुलाई प्रकाउ गरिएको रावलले बताए ।
जिल्ला प्रहरी कार्यलय गुल्मीले जिल्ला अदालतमा मुद्धा पेश गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलयले प्रमाण सहित अदालतमा मुद्धा पेश गरे जुवा ऐन २०२० अनुसार पहिलोपल्ट २०० रुपैयासम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको जिल्ला सरकारी वकिल कैलाश केसीले बताए ।
केसीका अनुसार पहिलो पल्टका लागि २०० सम्म जरिवाना, दोस्रो पटकका लागि एक महिनादेखि तीन महिनासम्म कैद र तेस्रो वा त्यस माथि भएमा १ बर्षसम्मको कैदको कानुनी ब्यवस्था रहेको जानकारी दिए ।
जुवा खेलेको वा खेलाएको जानकारी दिने ब्याक्तिलाई जरिवाना गरिएको वा जरिवानाबाट उठेको कुल रकमको ३० प्रतिशत पुरस्कारको ब्यवस्था समेत जुवा ऐन २०२० मा उल्लेख गरिएको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.